ad ad

कारोबार


वाइवाइ ग्लोकल टिन हिरो इन्डिया २०२० को आवेदन आह्वान

वाइवाइ ग्लोकल टिन हिरो इन्डिया २०२० को आवेदन आह्वान

नेपालखबर
फागुन ६, २०७६ मंगलबार १०:५३,

ग्लोकल टिन हिरो इन्डियाको आवेदन आह्वान गरिएको छ। ग्लोकल प्रालि र भारतीय राजदूतावासले काठमाडौंस्थित होटल सोल्टीमा कार्यक्रम आयोजना गरी वाइवाइ ग्लोकल टिन हिरो इन्डियाको दोस्रो संकरण सञ्चालन भएको घोषणा गरेका हुन्।

किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’, ग्लोकल प्रालिको एक कार्यक्रम हो। यस मञ्चमार्फत किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने कम्पनीले जनाएको छ। यसको भारतीय पार्टनर सीवाईडीए रहेको छ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरणका कार्यहरुलगायता विभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्शाएका प्रतिभावान किशोर किशोरीहरुले आवेदन भर्न सक्ने बताइएको छ।

किशोरकिशोरीलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु यस कार्यक्रमको महत्वपूर्ण उद्देश्य रहेको कम्पनीको भनाइ छ।
२०१९ मा ग्लोकल टिन हिरोबाट विभिन्न क्षेत्रका भारतीय किशोरकिशोरीहरु सम्मानित भएका थिए। ग्लोकल टीन हिरो इन्डियाको पहिलो विजेता युवा नवप्रवर्तक, कम्प्युटरमा रुचि राख्ने मोनिश्वरन महेशवरन बनेका थिए। त्यस्तै उद्यमी रुपम घोश, जुटपाट लजिष्टिकका लक्ष्य चब्र, के स्टारका संस्थापक एवम् नवप्रवर्तक कुनाल चन्दिरामनी, सामाजिक अभियन्ता कौशल गोहिल तथा युवा वातावरणविद् गर्विता गुल्हाटी पनि सम्मानित भएका थिए।

यसको टाइटल स्पोन्सर सीडीवाईए रहेको छ। ग्लोकल प्रालिका संस्थापक आशिष ठाकुरले भने, ‘हामी नेपालबाट मात्र नभई दक्षिण एसियाली राष्ट्रहरुबाट पनि प्रतिभावान किशोरकिशोरीहरु पहिचान गरी उनीहरुको प्रतिभालाई बिश्वमाझ चिनाउन अग्रसर रहेका छौँ।’ कार्यक्रममा भारतीय राजदूतावासका द्वितीय सचिव केपी सिंह उपस्थित थिए।

पहिलो चरणमा कुल आवेदनहरुलाई अन्तर्वार्ता र दस्तावेज समीक्षाको आधारमा ग्लोकल २०अन्डर२० को घोषणा गरिनेछ। त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दूरदर्शनको मापनको लागि अन्तर्वार्ता हुनेछ र २०२० को विजेता घोषणा गरिनेछ।

ग्लोकल टिन हिरो इन्डियाको अवेदन जनवरी ७ मै खुल्ला गरिसकिएको छ। आवेदकहरुको अवेदनको महत्वपूर्ण मूल्याङ्कन सात जाना निर्णयक टोलीले गर्ने बताइएको छ। राज्यसभाका प्रतिनिधि वन्दना हेमन्त चावन, सीडीवाईएका सचिव म्याथएव म्याथम तथा अदामस विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर उज्ज्वल चौधरी टीन हिरोका निर्णयक टोली रहनेछन्। 

ग्लोकल टीन हिरो ईन्डिया २०२० को पुरस्कार समारोह जुन ४,२०२० पुने, इन्डियामा राजनीतिज्ञ, फिल्म कलाकार, उद्यमशील व्यक्तित्व, युवा नेताहरु गरी ईन्डियाका २५०ं प्रख्यात व्यक्तित्वहरुको उपस्थितिमा हुने कम्पनीले जनाएको छ।

अनलाइन आवेदन www.india.glocalteenhero.com मार्फत निःशुल्क भर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .