बलात्कार प्रयासको आरोप लागेपछि सांसदबाट निलम्वित कृष्णबहादुर महराको सांसद पद निलम्वन फुकुवा भएको छ।
सोमबार काठमाडौं जिल्ला अदालतले उनको मुद्दामा प्रमाण नपुगेको भन्दै सफाइ दिएपछि अदालतले महराले सफाइ पाएको पत्र मंगलबार संसद सचिवालयलाई पत्र पठाएको थियो।
प्रतिनिधिसभाको मंगलबार बसेको संसद बैठकमा सभामुख अग्नि सापकोटाले महराको सांसद पद निलम्वन फुकुवा भएको जानकारी गराएका हुन्।
जबर्जस्ती करणी प्रयासको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।
संघीय संसद सचिवालयले फौजदारी अभियोग लागेका महराको सांसद पद असोज २३ गते निलम्बित भएको सूचना प्रकाशित गरेको थियो।
प्रतिक्रिया