अमेरिकी व्यापारी तथा टेस्लाका सीईओ इलोन मस्कको भारत भ्रमण स्थगन भएको छ।
मस्कले यही अप्रिल २१ र २२ मा भारत भ्रमण गर्ने तयारी गरेका थिए।
तर आफ्नै कम्पनीको जिम्मेवारीका कारण अहिलेलाई स्थगन गर्नुपरेकाे उनले बताएका छन्।
मस्कले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘दुर्भाग्यवश, टेस्लाको धेरै भारी जिम्मेवारीका कारण भारत यात्रा ढिलो हुनेछ।’
तर, मस्कले यसै वर्षको अन्त्यमा भारत भ्रमण गर्ने बताएका छन्।
उनले भनेका छन्, ‘म यस वर्षको अन्त्यमा भारत भ्रमण गर्न उत्साहित छु।’
— Elon Musk (@elonmusk) April 20, 2024Unfortunately, very heavy Tesla obligations require that the visit to India be delayed, but I do very much look forward to visiting later this year.
60
Shares

प्रतिक्रिया