ad ad

कारोबार


दूरसञ्चार प्राधिकरणका अध्यक्ष भन्छन्- सेवा प्रदायकले गुणस्तरीय सेवा नदिँदा आम्दानी बढ्न सकेन

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भन्छन्- सेवा प्रदायकले गुणस्तरीय सेवा नदिँदा आम्दानी बढ्न सकेन

नेपालखबर
चैत २७, २०८० मंगलबार १३:२५, काठमाडौँ

 नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले दूरसञ्चार सेवा प्रदायकले गुणस्तरीय सेवा नदिँदा आम्दानी बढ्न नसकेकाे बताएका छन्।

मंगलबार आयोजित टेक जर्नोज फोरममा बोल्दै उनले सहरकै कुनामा राम्राेसँग इन्टरनेट नचल्दा आम्दानी बढाउन नसकेकाे दाबी गरेका हुन्। 

नेपालमा करिब ७० प्रतिशत प्रयाेगकर्तासँग स्मार्टफाेन रहे पनि ४५ प्रतिशत डेटा प्रयाेगकर्ता छन्।

कम आम्दानी हुने प्रयाेगकर्तालाई सेवा खरिदमा आकर्षण गर्नुपर्नेमा उनको जोड थियो। 

टेलिकम क्षेत्रकाे भविष्य फाइभजीकै रहे पनि कहिलेबाट सुरू गर्ने छलफलपछि तय हुने बताए। नेपालमा फाइभजी इकाेसिस्टमकाे विषयमा अध्ययन भइरहेकाे उनले जानकारी दिए। 

नेपालमा पछिल्लो समय करिब १७ लाख माेबाइल फाइभजी चल्ने भित्रिएका छन्। प्रविधिसँगै माेबाइललगायतकाे लागि १ खर्ब १० अर्ब लाग्ने उनको भनाइ छ। 

एनसेलका चिफ रेगुलेटरी एन्ड लिगल अफिसर विशाल उपाध्यायले सरकारले आवश्यकताअनुसार फ्रिक्वेन्सी उपलब्ध नगराउँदा गुणस्तरीय सेवा उपलब्ध गराउन नसकेकाे बताए।

स्मार्टफाेन प्रयाेगकर्ताकाे तुलनामा डेटा प्रयाेगकर्ता कम हुनुमा वाइफाइ प्रयाेगकर्ता बढी रहेकाे उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .