कारोबार


सेयरबजारमा कम्पनीहरूको १४ करोडसम्मको कारोबार, फेरि घट्यो सूचक

सेयरबजारमा कम्पनीहरूको १४ करोडसम्मको कारोबार, फेरि घट्यो सूचक

नेपालखबर
चैत २०, २०८० मंगलबार १५:२७, काठमाडौँ

सेयरबजारमा यो साता लगातार गिरावट देखिएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से मंगलबार फेरि १.८५ अंकले घटेर २०१०.२१ विन्दुमा आइपुगेको हो। 

बजारमा आज २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५८५ रुपैयाँको कारोबार भएका छन्। यसअनुसार ६१ लाख ३ हजार ६ सय २१ कित्ता सेयर बिक्री भएको छ। 

योसँगै १०९ कम्पनीको सेयर बढेको, १२७ कम्पनीको घटेको र ८ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।

मंगलबार फाइनान्स, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र व्यापार उपसमूहले आज बजारलाई थाम्दा थोरै अंकले नेप्से घट्न पुगेको छ। 

धेरै बढेका ५ सेयर 
कम्पनी अन्तिम मूल्य (रु) बढेको दर (%)
गुराँस लघुवित्त १६३३.५० १०
गणपति लघुवित्त १०७२ ९.९५
उपकार लघुवित्त १३२० ८.६४
विन लघुवित्त १२७४ ६.९४
स्वाभिमान लघुवित्त ११६५ ६.५०

 

धेरै घटेका ५ सेयर

कम्पनी अन्तिम मूल्य (रु) घटेको दर (%)
ज्योति विकास बैंक बन्ड २०८७ ९२५ ७.५०
मनकामना इन्जिनियरिङ हाइड्रोपावर ३१२ ५.२८
तारागाउँ रिजेन्सी होटल ८०९ ४.९४
मायाखोला हाइड्रोपावर ३३०.१० ४.२६
चिर्ख्वा हाइड्रोपावर ५५५.७० ४.१९

 

धेरै कारोबार भएका ५ सेयर

कम्पनी कारोबार रकम (रु)
गुर्खाज फाइनान्स १४९८८४९०१
सर्वोत्तम सिमेन्ट ९५७२८५०४
तारागाउँ रिजेन्सी होटल ७४८१३४३०
१०% एनआईएमबी डिबेन्चर २०९० ६०२२७७७७
सूर्यज्योति लाइफ इन्स्योरेन्स ५५४१११०७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .