कारोबार


पहिलो दिन नै सेयरबजार राताम्य, ३ अर्ब नाघ्यो कारोबार रकम

पहिलो दिन नै सेयरबजार राताम्य, ३ अर्ब नाघ्यो कारोबार रकम

नेपालखबर
चैत १८, २०८० आइतबार १५:३१, काठमाडौँ

साताको पहिलो दिन नै सेयरबजार राताम्य भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.३० अंकले घटेर २०१८.३३ विन्दुमा रोकिएको हो। 

योसँगै बजारमा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३ सय २४ रुपैयाँको कारोबार भएको छ। ७९ लाख ५७ हजार ६ सय ५९ कित्ता सेयर बिक्री भएको हो। 

यसअनुसार आइतबार ६३ कम्पनीको सेयर मूल्य बढे पनि १७२ वटाको घटेको र १० वटाको उही मूल्यमा कारोबार भएको नेप्सेले जनाएको छ। 

आज निर्जीवन बीमा उपसमूह १३.१३ अंकले बढे पनि बाँकी सबै सूचक राताम्य रहन पुगे। 

सबैभन्दा धेरै बढेका र घटेका सेयर 

धेरै बढेका ५ सेयर 

कम्पनी अन्तिम मूल्य (रु) बढेको दर (%)
माया खोला हाइड्रो ३३४.४० १०
गरिमा डिबेन्चर २०८५ १००० ८.०८
उन्नति सहकार्य लघुवित्त १६०० ७.७४
ज्योति विकास बैंक बन्ड २०८७ १००० ७.५३
मन्दाकिनी हाइड्रोपावर ४४० ७.०८

धेरै घटेका ५ सेयर 

कम्पनी अन्तिम मूल्य (रु) घटेको दर (%)
सर्वोत्तम सिमेन्ट ९७४.५० ९.९९
बोटलर्स नेपाल बालाजु १६९०१.४० ७.६४
सीवाईसी नेपाल लघुवित्त १३०९ ५.८२
थ्रि स्टार हाइड्रोपावर ५१५ ५.३३
किसान लघुवित्त ८४६ ४.३०

धेरै कारोबार भएका ५ सेयर 

कम्पनी कारोबार भएको रकम (रु)
सर्वोत्तम सिमेन्ट २८६८९३३३१
गुर्खाज फाइनान्स १२५६६२६२५
शिवम् सिमेन्ट ११५५१७८३९
हाथवे इन्भेष्टमेन्ट नेपाल ९५८५२९८२
रिभर फल्स पावर लि ९००८८३२८

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .