ad ad

कारोबार


जहाजमा प्राविधिक समस्या देखिएपछि निगमले यात्रुलाई अर्कै विमानबाट दोहा पठायो

जहाजमा प्राविधिक समस्या देखिएपछि निगमले यात्रुलाई अर्कै विमानबाट दोहा पठायो

फाइल तस्बिर


नेपालखबर
चैत १६, २०८० शुक्रबार १२:८, काठमाडौँ

नेपाल वायुसेवा निगमको जहाजमा प्राविधिक समस्या देखिएपछि दोहा उडेको जहाज काठमाडौं फर्किएको छ। 

जहाजमा हाइड्रोलिक समस्या देखिएपछि उडेको जहाज त्रिभुवन विमानस्थलमै अवतरण गरेको हो। 

वायुसेवा निगमका अनुसार उडेको केही समयमै प्राविधिक समस्या देखिएपछि जहाज सकुशल अवतरण गरेको थियो। 

‘दोहा उडेको जहाजमा हाइड्रोलिक समस्या देखिएपछि काठमाडौंमै अवतरण गरायो’, निगमका प्रवक्ता रमेश पौडेलले भने, ‘राति नै अर्को जहाजबाटै यात्रु दोहा उडेका छन्।’

हाइड्रोलिक समस्या देखिएको जहाज मर्मत भैसकेको छ। पुनः उडान गर्ने तयारी गरेको निगमले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .