ad ad

कारोबार


सीजीको चिम्नी र इमर्जेन्सी बल्ब अनावरण

सीजीको चिम्नी र इमर्जेन्सी बल्ब अनावरण

नेपालखबर
चैत ९, २०८० शुक्रबार २१:२८, काठमाडौँ

चौधरी ग्रुप अन्तर्गतको सहायक कम्पनी इओएल प्रालिले नयाँ सीजी चिम्नी र एलईडी बल्बको अनावरण गरेको छ।

काठमाडौंमा भएको एक कार्यक्रममा कम्पनीकी ब्रान्ड एम्बेसडर अभिनेत्री सुरक्षा पन्तले सो उत्पादनको अनावरण गरिन्।

कार्यक्रममा सीजी ब्रान्डका चार नयाँ मोडलका चिम्नीहरूः सीजीसीटी९० एफएलडीसी, सीजीसीटी७५ एफएलडीसी, सीजीसीटी ९० डीबीडीएक्स र सीजी–सीटी७५ वाईसी आधिकारिक रूपमा अनावरण गरिएको छ।

कम्पनीका अनुसार एचएसी फिल्टरलेस सिरिजमा ९० से.मी. र ७५ से.मी.मा उपलब्ध छ। १५० एम३ प्रतिघण्टाको उच्च सक्शन पावर, अटो क्लीन टेक्नोलोजी र मोशन सेन्सर, उत्कृष्ट फिचर भएको चिम्नी, रु. २६,५९० र रु. २५,७९० क्रमशः उपलब्ध छन्।

एचएसी फिल्टर श्रृंखलामा, सीजीसीटी ९० डीबीडीएक्स मोडेलको लोकप्रियतालाई निरन्तरता दिँदै सक्शन पावरलाई १३५० एम३ प्रतिघण्टामा अपग्रेड गरेर लन्च गरिएको छ।

यसका विशेषताहरूको बारेमा कुरा गर्दा, यसमा बाफल फिल्टर, अटो क्लीन टेक्नोलोजी, टेम्पर्ड ग्लास र टच÷मोशन कन्ट्रोल छ। यसको मूल्य रु. २९ हजार १९० रहेको छ। तीनवटै मोडलहरू उत्कृष्ट छन् र मोटरमा ५ वर्षको वारेन्टीसहित आउँदछन्।

अनावरण गरिएको चौथो मोडेल सीजीसीटी ७५ वाईसी हो जसको मूल्य रु. २२ हजार ३९० रहेको छ। यसमा १३५०एम३ प्रति घण्टा, उच्च सक्शन पावर, टच र मोशन कन्ट्रोलसहितको बाफल फिल्टर र ७५ से.मी.मा उपलब्ध छ। यसको मोटरमा २ वर्षको वारेन्टी रहेको छ ।

विद्युतीय सामाग्रीमा, ५ घण्टा ब्याट्री ब्याकअप, द्रुत चार्जिङ, २२०० एमएच एलआई एलआई आईओएन ब्याट्री र ≥ ०.५ को उच्च पीएफ जस्ता उत्कृष्ट सुविधाहरू भएको ९ वाट इमर्जेन्सी बल्ब पहिलो पटक उक्त कार्यक्रममा अनावरण गरिएको छ। यसमा १२ महिनाको वारेन्टी छ र फ्री होल्डरको साथ आउँछ।

बजारको तुलनामा यो बल्ब उज्ज्वल, उल्लेखनीय र उत्कृष्ट छ। यसको मूल्य रु. ७५० रहेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .