ad ad

कारोबार


कर्जा सूचना केन्द्रले भित्र्यायो ऋणीको मनोवैज्ञानिक व्यवहार र तिर्ने क्षमता परीक्षण गर्ने प्रणाली

कर्जा सूचना केन्द्रले भित्र्यायो ऋणीको मनोवैज्ञानिक व्यवहार र तिर्ने क्षमता परीक्षण गर्ने प्रणाली

नेपालखबर
चैत ८, २०८० बिहिबार १४:१५, काठमाडौँ

अब नयाँ ऋणीको व्यवहार र कर्जा भुक्तानी क्षमताको मनोवैज्ञानिक परीक्षण हुने भएको छ। 

त्यसका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले कर्जा सूचना केन्द्र लिमिटेडलाई परीक्षण गर्ने प्रणाली हस्तान्तरण गरेको हो। 

राष्ट्र बैंकसँगको समझदारीमा तयार भएको प्रणालीलाई साइकोमेट्रिक स्कोरिङ सलुसन भनिएको छ। 

यो प्रणालीबाट विगतमा कर्जा नलिएका र विनाधितो सानो आकारका कर्जा लिन चाहने ऋणीको मनोवैज्ञानिक परीक्षण हुनेछ।

यसको कार्यान्वयनसँगै नेपालमा वित्तीय समावेशीकरणको प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा राखिएको राष्ट्र बैंकले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .