ad ad

कारोबार


ओक्सेम्बर्ग अब नेपालमा

ओक्सेम्बर्ग अब नेपालमा

नेपालखबर
फागुन १, २०७६ बिहिबार ११:२०,

विश्वमै सुपरिचत तथा विश्वनीय भारतीय कम्पनी सियाराम समुहको ओक्सेम्बर्ग ब्राण्डको आउटलेट काठमाडौंको सिभिल मलमा खुलेको छ। सिभिलमलका साथै ललितपुरको कुमारीपाटी, लाबिम मल तथा विराटनगर गरेर अन्य तीन स्थान पनि यसको स्टोरहरु खुलिसकेका छन्।

सिभिलमलमा रहेको आउटलेटलाई नविन ढंगले ब्राण्डको सबै गुण र फेशन स्टेटमेन्ट झल्किने गरी लुगाहरु प्रदर्शनीमा राखिएका छन्। यहाँ औपचारिक, अनौपचारिक, पार्टी वेयर, विभिन्न प्रकारका एसोरेरिज तथा जिन्स पनि उपलब्ध हुने छन्। यसका कारण शहरीया पुरुषको लागि लुगा खरिद गर्ने यो सहज स्थान हुने पक्का छ।

आफ्ना सम्भावित ग्राहकहरुसम्म आफ्ना पहुँच विस्तार गर्न ओक्सेम्बर्गले नेपालका विभिन्न शहरहरुमा आफ्नो व्यापार सञ्जाल रहेको हिमालयन भाइब्स समुहसँग सहकार्य गरेको छ।

नयाँ खुलेको आउटलेटका बारेमा बोल्दै सियाराम सिल्क मिल्स लिमिटेडका वरिष्ठ उपाध्यक्ष, ई पी ड्यानियलले भने, ‘हामी आफ्नो ओक्सेम्बर्ग ब्राण्डको आउटलेट काठमाडौंमा खोल्न पाउँदा निकै उत्साहित छौं। स्टाइल, शान र सुविधामा विश्वास राख्ने ग्राहकहरुको सेवा गर्ने मौका पाउँदा हामीलाई गौरव लागेको छ। हामी यहाँ निकै उत्कृष्ट लुगाहरुका साथै फेशनमा रहेका नयाँ वस्तुहरु राखेर अद्वितिय ग्राहक सेवामार्फत नेपालीहरुको मन र विश्वास जित्न चाहन्छौं।’

स्टोरको नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले उद्धाटन गरेको थिए। उक्त समारोहमा अक्सेम्बर्गका उच्च अधिकारीका साथै हिमालयन भाइब्सका आदर्श पाण्डे तथा अन्य गन्यमान्य व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो।

‘ओक्सेम्बर्र्गको विशेषता भनेकै उचित मूल्यमा पुरुष लुगाको फेशनको उपलब्धता हो। ब्राण्डको लक्ष्य भनेकै आजको युवाको जीवनशैलीसँग मेल खाने गरी उनीहरुको चाहना र सोच बमोजिमका नयाँ उत्पादनहरु बजारमा ल्याउनु हो,’ ड्यानियलले भने।

ओक्सेम्बर्गका बारेमा
ओक्सेम्बर्ग सियारामको एक ब्राण्ड हो। सियाराम ३० वर्षको उच्च प्रविधियुक्त अध्ययन, अनुसन्धान तथा विकास गर्ने समुहका कारण भारत तथा विदेशमा पनि नविन उत्पादन तथा डिजाइनका लागि छुट्टै परिचय बनाएको ब्राण्ड हो। पुरुष लुगाको क्षेत्रमा अत्याधिक रुचाइएको अक्सेम्बर्गले विश्वभरका १५०० शहरमा आफ्नो २५०० एमबीओ, १२० ईबीओ र एलएफआरको सञ्जाल विस्तार गरेको छ।

ब्राण्डले हाल चलेको फेशन र परिवर्तित शैलीलाई पछ्याउँदै गुणस्तरीय र उचित मुल्यमा संस्थाले मागे जस्तो व्यक्तिलाई सुहाउँदो किसिमका लुगाहरुको ल्याउने वाचा गर्छ। सियाराम सिल्क लिमिटेड भारतको एक अग्रिणी कपडा उत्पादन गर्ने कम्पनी हो।

वार्षिक कारोबार २५ अर्ब भारतीय रुपैयाँ रहेको यसले ओक्सेम्बर्र्गको बजारलाई भारत तथा विदेशमा पनि बढाउँदै लैजाने उद्देश्य राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .