ad ad

कारोबार


फेरि १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

फेरि १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालखबर
फागुन २४, २०८० बिहिबार ११:४४, काठमाडौँ

सुनको मूल्यले तीन दिनयता लगातार कीर्तिमान कायम गरेको छ। 

मंगलबार र बुधबार नयाँ उचाइमा पुगेको मूल्य बिहीबार फेरि १५ सय रुपैयाँ प्रतितोला दरले बढेर अर्को कीर्तिमान कायम भएको हो। 

योसँगै मंगलबार १ लाख २५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

तेजाबी सुन पनि आज १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ। 

बुधबार छापावाल सुन १ लाख २३ हजार ५ सय र तेजाबी सुन १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ। प्रतितोला नै १ हजार ४ सय ७० रुपैयाँ पुगेको छ। अघिल्लो दिन १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको थियो। 

विश्वबजारमा समेत सुनको मूल्य उच्च भएको छ। एजेन्सीहरुका अनुसार प्रतिऔँस नै २ हजार १ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। यो भनेको अघिल्लो दिनको तुलनामा प्रतिऔँस ३०.२९ अमेरिकी डलर वृद्धि हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .