ad ad

कारोबार


बंगलादेशले छिमेकी देशबाट ९ हजार मेगावाट बिजुली किन्न चाहेको छ : मन्त्री नसरुल

‘अर्को महिना नेपालबाट ४० मेगावाट बिजुली आयातको सम्झौता हुन्छ’
बंगलादेशले छिमेकी देशबाट ९ हजार मेगावाट बिजुली किन्न चाहेको छ : मन्त्री नसरुल

नेपालखबर
फागुन २२, २०८० मंगलबार १७:२२, काठमाडौँ

बंगलादेशका ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले छिमेकी देशहरुबाट बंगलादेशले ९ हजार मेगावाट बिजुली किन्न चाहेको बताएका छन्। 

 भारतीय उच्च आयुक्त प्रणय वर्मासँगको सोमबारको भेटमा उनले उक्त कुरा व्यक्त गरेको बंगलादेशी मिडियाले जनाएका छन्। 

‘हामी छिमेकी देशहरुबाट ९००० मेगावाट बिजुली आयात गर्न चाहन्छौँ। नेपाल र भुटानबाट जलविद्युत् आयातको प्रक्रिया अघि बढिसकेको छ’, उनले वर्मासँगको भेटमा भने। 

सो अवसरमा उनले अर्को महिना नेपालबाट ४० मेगावाट बिजुली आयातको लागि सम्झौतामा हस्ताक्षर हुनलागेको समेत भारतीय दूतलाई जानकारी गराएका थिए। 

उनका अनुसार नेपालबाट ५०० मेगावाट बिजुली भारतीय कम्पनी जीएमआरका माध्यमबाट किन्ने कुरा लगभग अन्तिम चरणमा पुगिसकेको बताएका थिए। सो क्रममा उनले भारतीय राज्यहरु मेघालय, त्रिपुरा वा आसामबाट आयातनिर्यात गर्न सकिनेबारे छलफल भएको थियो। 

यसका लागि भारतसँगको सहकार्य महत्त्वपूर्ण रहेको उनको भनाइ थियो। 

मन्त्री नसरुलले नेपालबाट बंगलादेश बिजुली आयातका लागि डेडिकेटेड लाइन भएमा सबैभन्दा राम्रो हुने समेत बताएका थिए। यसले भारतलाई समेत फाइदा हुने उनको भनाइ छ। 

अहिले भारतले समेत नेपालबाट ६०० मेगावाट बिजुली आयात गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .