कारोबार


अर्थमन्त्री परिवर्तन हुँदै गर्दा कस्तो छ सरकारको आम्दानी र खर्चको स्थिति?

अर्थमन्त्री परिवर्तन हुँदै गर्दा कस्तो छ सरकारको आम्दानी र खर्चको स्थिति?

प्रकाशशरण महत। तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन २१, २०८० सोमबार १६:३०, काठमाडौँ

नयाँ सत्ता समीकरणसँगै अर्थमन्त्रीलगायत अन्य मन्त्रीहरु समेत परिवर्तन हुँदै छन्। सत्ता गठबन्धनको फेरबदलपछि प्रकाशशरण महत एक वर्ष नपुग्दै अर्थ मन्त्रालयबाट बाहिरिँदै छन्। 

उनले चालू आर्थिक वर्षको बजेट निर्माण गरेर आधा आर्थिक वर्ष त्यसको कार्यान्वयन र समीक्षा गर्न भ्याए। 

चालू आवका लागि उनले १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेकामा अहिलेसम्म ७ खर्ब ५२ अर्ब रुपैयाँ खर्च भएको छ। 

चालू आर्थिक वर्षको लागि चालू खर्च  ११ खर्ब ४१ अर्ब रुपैयाँ गर्ने लक्ष्य राखिएको थियो। जसमा अहिलेसम्म ४८ दशमलव ५४ प्रतिशत अर्थात्  ५ खर्ब ५४ अर्ब रुपैयाँ खर्च भएको हो। 

त्यस्तै पुँजीगत खर्च ३ खर्ब २ अर्ब गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म २४ दशमलव ५४ प्रतिशत अर्थात् ७३ अर्ब रुपैयाँ मात्रै भएको छ। 

वित्तीय व्यवस्थापनमा ३ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन भएकोमा  ४० दशमलव ६० प्रतिशत अर्थात् १ खर्ब २४ अर्ब रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाएको छ। 

चालू आर्थिक वर्षको करिब ४ महिना मात्रै बाँकी छ। जसमा विकास निर्माण अर्थात् पुँजीगत खर्चको अवस्था ज्यादै न्यून छ। 

त्यस्तै चालू आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म ४२ दशमलव ६० प्रतिशत अर्थात् ६ खर्ब ५ अब रुपैयाँ संकलन भएको हो। 

जसमा कर राजस्व ५ खर्ब ४७ अर्ब  र गैर राजस्व ५८ अर्ब रुपैयाँ छ। अनुदान २ अर्ब पाएको सरकारले अन्य आम्दानी २१ अर्ब पाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .