ad ad

कारोबार


सेयर कारोबार फेरि ४० मिनेटसम्मका लागि स्थगित

सेयर कारोबार फेरि ४० मिनेटसम्मका लागि स्थगित

नेपालखबर
फागुन २१, २०८० सोमबार ११:३७, काठमाडौँ

सत्ता गठबन्धन फेरबदलको असर सेयरबजारमा देखिएको छ। 

सोमबार ११ बजे खुलेको बजार ३ मिनेटमै ४ प्रतिशतभन्दा बढीले सूचक उकालो लागेपछि २० मिनेट बन्द भएको थियो। 

त्यसपछि फेरि खुले पनि ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि बन्द भएको हो। 

पहिलोचोटि २० मिनेटका लागि बन्द भएको बजार त्यसपछि ११:२३ मा खुलेको १ मिनेटमै अर्थात् ११ बजेर २४ मिनेटमा ५ प्रतिशतले बढेको थियो। सोसँगै ४० मिनेटका लागि कारोबार रद्द गरिएको हो। अब फेरि ६ प्रतिशतले बढेमा बजार आज पूरै बन्द हुनेछ। 

यस्तो छ सर्किट ब्रेक हुने अवस्था
स्टक एक्सचेन्जले धितोपत्रहरुको मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्नका लागि धितोपत्र कारोवार हुँदा मूल्यमा हुन सक्ने घटबढको सीमा तोकेको हुन्छ। यसलाई बजारको भाषामा सर्किट ब्रेकर भन्छन्। बजार स्थायित्व, सुरक्षित एवं सहज कारोबारका लागि स्टक एक्सचेन्जले यस्तो व्यवस्था गरेको हो।

प्रत्येक दिन सेयरको प्रथम कारोबार हुँदा उक्त सेयरको अघिल्लो दिन कायम भएका अन्तिम मूल्यको ५ प्रतिशत र त्यसपछिका कारोबारहरुका लागि २ प्रतिशतसम्म मात्र घटिबढी हुने गरी कारोबार हुन्छ। डिबेन्चर भएमा प्रत्येक दिन प्रथम कारोबारमा ०.२ प्रतिशत र त्यसपछिका कारोबारहरुमा ०.१ प्रतिशतसम्मको दरले मूल्य परिवर्तन हुन सक्छ।

यसैगरी कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनट, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगन गर्ने गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .