सरकारले बन्द भएका सार्वजनिक संस्थान निजीलाई दिने र चलेका संस्थानको सेयर बिक्री गर्ने भएको छ।
आगामी वर्षको बजेट सिद्धान्त र प्राथमिकता सार्वजनिक गर्दै सरकारले चलेका संस्थानको सेयर निजी क्षेत्रलाई बेच्ने नीति लिने भएको हो।
अर्थमन्त्री प्रकाशशरण महतले संसदमा आगामी प्राथमिकता पेस गर्दै बन्द भएका सार्वजनिक संस्थानलाई निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्न पहल गर्ने उल्लेख छ।
‘निजी क्षेत्र प्रतिस्पर्धी भएका क्षेत्रमा रहेका सार्वजनिक संस्थानको सेयर बिक्री वा व्यवस्थापन करारको मध्यमबाट सार्वजनिक संस्थानको विनिवेश गरिनेछ’, सिद्धान्त र प्राथमिकतामा रहेको छ।
33
Shares
प्रतिक्रिया