कारोबार


साढे ८ महिना बित्दा विकास खर्च २२ प्रतिशत मात्रै, लक्ष्य नै संशोधन

साढे ८ महिना बित्दा विकास खर्च २२ प्रतिशत मात्रै, लक्ष्य नै संशोधन

नेपालखबर
फागुन ११, २०८० शुक्रबार ११:९, काठमाडौँ

चालु आर्थिक वर्षको साढे ८ महिना बितिसक्दा पनि विकास खर्च निकै कम देखिएको छ। फागुनको मध्य समय हुँदा जम्मा विकास बजेट ६८ अर्ब रुपैयाँ मात्रै खर्च भएको हो। 

चालु आर्थिक वर्षमा ३ खर्ब ७ अर्ब रुपैयाँ विकास बजेट खर्च गर्ने लक्ष्य राखिएको थियो। तर अहिलेसम्म २२ दशमलव ६९ प्रतिशत मात्रै खर्च भएको हो। 

त्यसैगरी केन्द्र सरकारतर्फ अहिलेसम्म ४१ दशमलव २० प्रतिशत खर्च भएको छ।

चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको थियो। त्यसमा अहिलेसम्म ७ खर्ब २१ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ।

तर सरकारले मधयावधि समीक्षामार्फत आम्दानीको स्रोत घटेको र खर्च गर्नसमेत नसकेकाले लक्ष्य संशोधन गरेको छ।

संशोधित लक्ष्यअनुसार चालु आर्थिक वर्षमा विनियोजित लक्ष्य बजेटको ८७ प्रतिशत मात्र खर्च हुनेछ।

योसँगै चालुतर्फ ८८ दशमलव ८४ प्रतिशत, पुँजीगततर्फ ८४ दशमलव १३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८७ दशमलव ३९ प्रतिशत खर्च हुनेछ।

चालु आर्थिक वर्षमा राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ९ अर्ब ३० करोड, वैदेशिक अनुदानतर्फ ४० अर्ब १२ करोड, वैदेशिक ऋणतर्फ १ खर्ब ८० अर्बको स्रोत व्यवस्थापन हुने समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .