ad ad

कारोबार


निगमले छान्याे वुहानमा नेपाली लिन जाने वाइडबडीका पाइलट, अरू काे-काे जाँदै छन्?

निगमले छान्याे वुहानमा नेपाली लिन जाने वाइडबडीका पाइलट, अरू काे-काे जाँदै छन्?

बसन्त अर्याल
माघ २८, २०७६ मंगलबार १०:४९,

नेपाल वायुसेवा निगमले चीनको वुहानमा रहेका नेपाली लिन जानलागेकाे वाइडबडी जहाजका पाइलटहरू छनोट गरेको छ। निगमका निर्देशक एवं पाइलट दिपुराज ज्वारचनले चीन जाने पाइलटसहितका अन्य सदस्य आफूले छानिसकेको बताएका हुन्।

उनले वुहान जान पाइलटले नमानेको भनी प्रकाशित समाचार हल्ला मात्रै भएको समेत स्पष्ट पारे।

‘पाइलट जान हानथाप छ, कसलाई पठाउने भनेर मलाई छान्नै गाह्रो भयो,’ उनले नेपालखबरसँग भने, ‘चीनको वुहान जाने पाइलटसहितको क्रु मेम्बरलाई भोलि (बुधबार) १ बजे वायुसेवा निगमकै अफिसमा तालिम दिन लागेका छौं।’

उनले ३ जना पाइलट,६ जना क्रु मेम्बर, २ जना इन्जिनियर, १ जना लोड मास्टरसहित अर्को एक जना जाने जानकारी दिए।

उनले भने, ‘पाइलटसहितको क्रु मेम्बरलाई यात्रुसँग कसरी व्यवहार गर्ने, के गर्न हुने, के गर्न नहुने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले तालिम दिनेछन्।’

फगुन ३ गते नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको वुहान जाँदै छ। यसबारे नेपालले चीनलाई त्यहाँ रहेका आफ्ना नागरिकलाई आगामी शनिबार फर्काउन चाहेको जानकारी गराइसकेको छ।

चीनमा रहेका नेपाली ल्याउन फागुन ३ गते नेपाल वायुसेवा निगमको एयरबस ३३०-२०० सिरिजको दुई सय ७४ सिटे जहाज चीनको वुहान पठाउने तयारी सरकारले गरेकाे छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली नागरिक उद्धार गर्न आवश्यक सबै प्रक्रिया थाल्न परराष्ट्र, स्वास्थ्य, पर्यटन र रक्षा मन्त्रालयलाई निर्देशन दिएसँगै सरकारले तयारी अघि बढाएकाे हाे।

वुहानमा ६२ जना, अन्य स्थानहरूमा १ सय १८ जना, र अन्त रहेका ३७/३८ जनाको समूहमा रहेका ती सबैलाई एक ठाउँमा ल्याएर नेपाल ल्याउनलागिएकाे हाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .