ad ad

कारोबार


आयल निगमको कार्यकारी निर्देशकमा भट्ट

आयल निगमको कार्यकारी निर्देशकमा भट्ट

नेपालखबर
फागुन ६, २०८० आइतबार १९:४३, काठमाडौँ

सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकको पदमा डा. चण्डिकाप्रसाद भट्टलाई नियुक्त गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तिम सूचीमा रहेका तीनमध्ये भट्टलाई आयल निगमको कार्यकारी निर्देशक बनाएको हो। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद दुवाडी शर्माको संयोजकत्वमा गठित समितिले दरखास्त दिएका १३ उम्मेदवारसँग व्यावसायिक कार्यायोजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिएको थियो।

तीमध्ये समितिले गोरखाका चण्डिकाप्रसाद भट्ट, चितवनका डोलप्रसाद चापागाईं र ललितपुरका शत्रुध्नप्रसाद पुडासैनीलाई नियुक्तिका लागि सिफारिस गरेको थियो।

समितिको सिफारिसका आधारमा निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि उद्योगमन्त्री रमेशप्रसाद रिजालले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .