ad ad

कारोबार


१५ दिनभित्र ट्विन अटर विमान खरिदको अन्तिम निर्णय आउँछ : मन्त्री किराँती

१५ दिनभित्र ट्विन अटर विमान खरिदको अन्तिम निर्णय आउँछ : मन्त्री किराँती

नेपालखबर
फागुन ५, २०८० शनिबार १८:२, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले तीनवटा ट्विन अटर विमान खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। 

साथै, उनले  हवाईजहाज थप गरी सेवा विस्तारको योजना आफूले राखेको पनि बताए। 

‘हवाईजहाज थपेर सेवा विस्तार गर्ने योजना पनि बनाइएको छ तीनवटा ट्विन अटर विमान खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ,’ उनले भने।

राष्ट्रिय समाचार समिति (रासस)सँग कुुराकानी गर्दै उनले विमान खरिदको टुंगो सात दिनअघि नै भइसक्नपर्ने भएपनि कानुनी र प्राविधिक सल्लाहका लागि गठन भएको समितिको सुझाव पर्खिरहेको बताए। 

‘विमान खरिदको टुङ्गो आजभन्दा सात दिनअगाडि नै लागिसक्नुपर्ने थियो तर कानुनी र प्राविधिक सल्लाहका निम्ति समिति गठन गरिएको रहेछ त्यसको सुझावका लागि केही समय लाग्ने भनिएको छ, अबको १५ दिनभित्र विमान खरिदको अन्तिम निर्णय आउनेछ,’ उनले भने।

साथै, अन्तर्राष्ट्रिय उडानका लागि ‘न्यारोबडी’ विमान ‘लिज’मा लिने प्रक्रिया पनि अगाडि बढाएको पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .