ad ad

कारोबार


क्लोजअप नेपालद्वारा ‘नजिक आउ’ सिरिजको अन्तिम भाग सार्वजनिक

क्लोजअप नेपालद्वारा ‘नजिक आउ’ सिरिजको अन्तिम भाग सार्वजनिक

नेपालखबर
फागुन ३, २०८० बिहिबार २१:३९, काठमाडौँ

क्लोजअप नेपालले ‘भ्यालेन्टाइन्स डे’ को दिनमा नजिक आउ वेब सिरिजको अन्तिम भाग सार्वजनिक गरेको छ।

क्लोजअप नेपालले भ्यालेन्टाइन्स डे को अवसरलाई लक्षित गरी निरन्तरता दिएको नजिक आउ अभियान अन्तर्गत नजिक आउ वेब सिरिज सुरुवात गरेको हो। यस अभियानको लक्ष्य आपसी आकर्षणलाई सामिप्यतामा मिल्न प्रोत्साहन गर्नु रहेको बताइएको छ।

एक ओरल केयर ब्राण्डको रुपमा स्थापित क्लोजअपले हरेक व्यक्तिलाई आत्मविश्वासका साथ आफ्ना प्रियजनसँग नजिक हुन प्रेरित गरेको कम्पनीको दावी छ।

यस अघि नै चार भिन्न कथाहरु फेसबुक, इन्स्टाग्राम, युट्युब तथा क्लोजअपको माइक्रो वेवसाइटमा सार्वजनिक गरिएको थियो जसमा दर्शकहरुले व्यापक रुची देखाएको कम्पनीको दावी छ। यी ४ भागले एक करोड भन्दा माथि भ्युज र ९७ लाखभन्दा माथि पोस्ट इन्गेजमेन्ट हासिल गरेको छ ।

यी भिन्न कथाहरुलाई हेरेपछि सामाजिक सजालमा विभिन्न इन्फ्लुएन्सरहरुले आफ्नो मत राखेका छन्। जस्मिन महर्जनले युवाहरुको जीवनसँग मेल खाने भनेकी छन्।

वर्षा बस्नेतले पात्रहरुको सामिप्यतालाई रुचाएकी छन् भने प्रेक्षा बज्राचार्यले यसको सस्पेन्स र खुल्दुली बढाउने कथाको प्रशंसा गरेकी छन्।

दर्शकहरुले यी चार भागमा दिएको कमेन्ट्सको आधारमा अन्तिम भागलाई रोचक र हृदयस्पर्शी निष्कर्ष दिइएको कम्पनीको दावी छ। हरेक इन्फ्लुएन्सरहरुले यस वेब सिरिजलाई प्रोत्साहन दिएका छन्।

साथै यस अभियानले सहभागीहरुको प्रेम कथालाई डिजिटल माध्यमबाट वास्तविकतामा प्रदर्शन गरेको छ। फेब्रुअरी १४ सम्म माइक्रोसाइटमा लेखिएका प्रेम कथाहरुलाई छानी सफलतापूर्वक देशभरका विभिन्न बिलबोर्डहरूमा प्रदर्शन गरिएको कम्पनीको भनाई छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .