ad ad

कारोबार


राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको समीक्षा, २ करोडसम्म ऋण लिने साना उद्यमीलाई सहजता

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको समीक्षा, २ करोडसम्म ऋण लिने साना उद्यमीलाई सहजता

नेपालखबर
माघ २९, २०८० सोमबार १९:४५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ। चालू आर्थिक वर्षको लागि ल्याइएको मौद्रिक व्यवस्थामा ६ महिना पछिको अवस्था हेरेर केही संशोधन समेत गरेको हो।

राष्ट्र बैंकले गरेको संशोधित व्यवस्था अनुसार कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिने बताइएको छ।

यो व्यवस्था अनुसार कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायीलाई कर्जा लिन र बैंक तथा वित्तीय संस्थालाई प्रदान गर्न समेत सहजता हुने भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .