ad ad

कारोबार


अमेरिकी डलरको मूल्य यथावत, अरु धेरैजसो विदेशी मुद्राको भाउ घट्यो

अमेरिकी डलरको मूल्य यथावत, अरु धेरैजसो विदेशी मुद्राको भाउ घट्यो

नेपालखबर
माघ २४, २०८० बुधबार ५:२९, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरोपियन युरो, पाउन्डसहितका विदेशी मुद्राको मूल्य घटेको छ।

आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६० पैसा र बिक्रीदर १३३ रुपैयाँ २० पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६० पैसा र बिक्रीदर १३३ रुपैयाँ २० पैसा नै थियो। 

त्यसैगरी आज युरोको मूल्य घटेको छ। आजको लागि युरो १ को खरिदर १४२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४२रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। मंगलबार युरो १ को खरिदर १४२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४३ रुपैयाँ २७ पैसा थियो। 

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६७ रुपैयाँ १४ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६८ पैसा थियो। 

त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ३२ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ १० पैसा र बिक्रीदर ८६ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६५ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ४५ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को करिददर ४३० रुपैयाँ ८० पैसा र बिक्रीदर ४३२ रुपैयाँ ७५ पैसा थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .