ad ad

कारोबार


एनसेलले ल्यायो आकर्षक इन्डिया रोमिङ प्याक, छोटो समयका लागि भ्रमणमा जानेलाई फाइदा

एनसेलले ल्यायो आकर्षक इन्डिया रोमिङ प्याक, छोटो समयका लागि भ्रमणमा जानेलाई फाइदा

फाइल तस्बिर


नेपालखबर
माघ २३, २०८० मंगलबार १४:१२, काठमाडौँ

एनसेलले विविध प्रयोजनका लागि छिमेकी राष्ट्र भारतको भ्रमणमा बारम्बार जाने आफ्ना ग्राहकहरुका लागि आकर्षक रोमिङ प्याक सञ्चालनमा ल्याएको छ। 

यो प्याक सुचारु गरी ग्राहकले सबैभन्दा सुलभ शुल्कमा भारतमा रहँदा सहजै सम्पर्कमा रहन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ग्राहकले करसहित सय रुपैयाँमा यो रोमिङ प्याक सुचारु गर्न सक्छन् र तीन दिनसम्म रोमिङ सेवाको पहुँचबाट फाइदा लिन सक्छन्। यसको अर्थ प्रतिदिन मात्र रु ३३ मा तीन दिनसम्म रोमिङ सेवा उपलब्ध हुनेछ। 

यतिमात्र नभई, प्याकका साथ ग्राहकले तत्काल ५०० एमबी डेटा पाउँछन् र भ्वाइस र एसएमएस सेवामा शुल्कमा भारी छुट पाउँछन्। 

यो प्याक शुक्रबार (माघ १९)बाट सञ्चालनमा आएको हो। यो प्याकले हाम्रा सीमावर्ती सहरहरू जस्तै वीरगन्ज, भैरहवा, नेपालगन्ज, विराटनगर, जनकपुर आदी शहरहरुबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुर जस्ता ग्राहकहरुको रोमिङ सेवाको मागलाई सम्बोधन गर्दछ । त्यसैगरी यसले भारतमा आकस्मिक भ्रमणमा जानु पर्ने ग्राहकहरुलाई पनि विशेष महत्व राख्दछ ।

ग्राहकहरुले एष्ट्रिक्स१७१२९एष्ट्रिक्स५ह्यास डायल गरी यो प्याक लिन सक्छन् । त्यसैगरी यो प्याक अन्य माध्यम जस्तै एनसेल एप, एनसेलको वेबसाइट र अन्य डिजिटल प्लेटफर्महरुमार्फत पनि सुचारु गर्न सकिन्छ।

यो प्याक लिने बितिकै बिना कुनै झन्झट रोमिङ सेवा स्वतः सुचारु हुन्छ र ग्राहकले तत्कालै ५०० एमबी डेटा पाउँछन् साथै इनकमिङ् कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट पाउँछन् । यसको मतलब ग्राहकले करसहित मात्र रु १६.४८ प्रति मिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन् । साथै पेएजयूगोको प्रति एसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र कर सहित रु ६.३४ मा एसएमएस पठाउन सक्छन् ।

एक पटक सुचारु गरेपछि प्याक ३ दिनका लागि मान्य रहन्छ र ग्राहकले आफ्नो आवश्यकता वा भारत बसाईको आधारमा जति पटक पनि यो प्याक लिन सक्छन् ।

यो रोमिङ प्याकले बारम्बार भारत भ्रमण गर्नुपर्ने ग्राहकहरूका लागि झन्झटरहित दूरसञ्चार सेवा सुनिश्चित गर्दछ । सबै भारतीय सेवा प्रदायकहरूसँग आफुले काम गर्ने भएकाले यो प्याकले विशेष गरी ग्राहकहरूलाई विभिन्न उद्देश्यका लागि भारत भ्रमण गर्दा सस्तो दरमा सजिलैसँग सम्पर्कमा रहन धेरै फाइदा पुर्याउने विश्वास एनसेलले लिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .