ad ad

कारोबार


ट्रम्पको संकेत : फेरि राष्ट्रपति चुनिए चिनियाँ वस्तुमा ६० प्रतिशतसम्म कर

ट्रम्पको संकेत : फेरि राष्ट्रपति चुनिए चिनियाँ वस्तुमा ६० प्रतिशतसम्म कर

फाइल तस्बिर


नेपालखबर
माघ २२, २०८० सोमबार १४:०, काठमाडौँ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू फेरि राष्ट्रपतिमा चुनिए चिनियाँ वस्तुमाथि भारी कर लगाउने संकेत गरेका छन्। 

फक्स न्युजलाई दिएको एक अन्तर्वार्तामा उनले आगामी नोभेम्बरको राष्ट्रपतीय चुनाव जिते चिनियाँ वस्तुमाथि उल्लेख्यमात्रामा कर लगाउने बताएका हुन्। 

यस्तो कर ६० प्रतिशतसम्म हुनसक्नेछ। ‘हामीले यो गर्नैपर्छ’, उनले आइतबारको अन्तर्वार्तामा भने। 

ट्रम्प अहिले रिपब्लिकन पार्टीको तर्फबाट हुने राष्ट्रपतिको उम्मेदवारहरुमा अग्रपंक्तिमा छन्। 

उनले लामो समयदेखि चीनले स्वच्छ व्यापारिक अभ्यास नगरेको र बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाउँदै आएका छन्। 

‘म साँच्चै चीनलाई चोट पुर्याउनेतर्फ सोचिरहेको छैन, चीनसँग मिलेर काम गर्न चाहन्छु, र यो ठूलो कुरा हो’, उनले भने, ‘तर उनीहरुले हाम्रो देशबाट धेरै फाइदा लिएका छन्।’

उनको अघिल्लो राष्ट्रपतीय कालमा अमेरिका र चीनको व्यापार युद्ध भएको थियो। उनी राष्ट्रपति हुँदा अर्बौँ डलरका चिनियाँ वस्तुमा कर बढाएका थिए। सोसँगै चीनले पनि अमेरिकी आयातित वस्तुमा शुल्क लगाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .