राजनीति


शेखरलाई कार्यकर्ताले भने : गठबन्धनले कांग्रेस विचारशून्य भइसक्यो, अब माओवादी बोक्न सकिँदैन

शेखरलाई कार्यकर्ताले भने : गठबन्धनले कांग्रेस विचारशून्य भइसक्यो, अब माओवादी बोक्न सकिँदैन

नेपालखबर
माघ २२, २०८० सोमबार १४:२३, काठमाडौँ

समुदायमा कांग्रेस अभियानका लागि यतिबेला नेता डा. शेखर कोइराला झापा पुगेका छन्।

माघ दोस्रो सातादेखि आगामी २६ गतेसम्म पहिलो चरणमा चल्ने यो अभियान लिएर पुगेका कोइरालालाई कार्यकर्ताले घेरेका छन्।

झापाको विभिन्न तहका कार्यकर्ताहरूले कोइरालासँग गुनासाका अनेक पोका फुकाउँदै पार्टीमा विचार मर्दै गएको बताएका छन्। 

सोमबार बिहान दमकमा भएको अन्तरक्रियामा धारणा राख्ने अधिकांश कार्यकर्ताले गठबन्धनका कारण कांग्रेसको मौलिक सिद्धान्त र विचार हराएको गुनासो गरे।

उनीहरूले नेतृत्वमा नैतिकताको खडेरी परेको र पार्टी विचार शून्य भएको भन्दै अब माओवादी केन्द्रलाई बोकेर हिँड्न नसकिने चेतावनी पनि कोइरालालाई दिए।

‘हाम्रै साथी मार्नेसँग कसरी सँगै हिँड्ने? कांग्रेसका साथीहरूलाई काट्दा रगत लत्पतिएको हातसँग कसरी हात मिलाउने?’, कोइरालालाई एकजना महिला कार्यकर्ताले आक्रोशित मुद्रामा घेर्दै सोधिन्।

सहभागीहरूले एकै व्यक्ति धेरै समय नेतृत्वमा रहिरहँदा पार्टीका गतिविधि चुस्त नभएको पनि गुनसाो सुनाए।

सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले पार्टीको घोषणापत्र अनुसार काम नगरेको जस्ता गुनासा पनि शेखरसमक्ष उनीहरूले राखेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .