ad ad

कारोबार


इसेवा र फिनलिट नेपालबीच सम्झौता

इसेवा र फिनलिट नेपालबीच सम्झौता

नेपालखबर
माघ २६, २०७६ आइतबार १५:२,

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले मुलुकका विभिन्न क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रमका लागी फिनलिट नेपालसँग सहकार्य गरेको छ।

वित्तीय साक्षरतासम्बन्धी सम्झौता पत्रमा इसेवाका सिओओ रोशन लामिछाने र फिनलिट नेपालका प्रबन्ध निर्देशक गौरव थापाबीच हस्ताक्षर भयो। इसेवाले सामाजिक उत्तरदायित्व अन्तरगत नीजि क्षेत्रका तर्फबाट वित्तीय समावेशीकरणमा योगदान पुर्याउने उदेश्यले यो कार्यक्रम अगाडि बढाएको हो।

यस कार्यक्रम अन्तरगत फिनलिटले स्थानीय स्तरमा वित्तीय संस्था, वित्तीय संस्थाको महत्व र उनीहरूले प्रदान गर्ने सेवा लगायतका वित्तीय साक्षरता सम्बन्धी मुलुकका विभिन्न स्थानमा कक्षा सञ्चालन गर्नेछ।

फिनलिट नेपालले नेपालमा विभिन्न संस्थाहरूको सहकार्यमा वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक हो। इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .