ad ad

कारोबार


पुँजीगत खर्च नभएकोमा प्रधानमन्त्री ओलीले पोखे असन्तुष्टि

पुँजीगत खर्च नभएकोमा प्रधानमन्त्री ओलीले पोखे असन्तुष्टि

नेपालखबर
माघ २६, २०७६ आइतबार ११:५६,

प्रधानमन्त्री केपी शर्मा ओलीले पुँजीगत खर्च नभएको भन्दै असन्तुष्टि जनाएका छन्। राष्ट्रिय विकास समस्या समाधान समितिको ४७औं बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरेका हुन्।

‘काम नै नभएको त भन्न सकिन्न तर पुँजीगत खर्च सन्तोषजनक छैन’, बैंठकमा प्रधानमन्त्री ओलीले भने, ‘पुँजीगत खर्च कम हुँदा आयोजन ढिला हुन्छ। जसले आयोजनाको प्रतिफल पनि ढिलै पाउँछौं।’ बैठकको बीचमै हिँडेका प्रधानमन्त्री ओली आफू अस्वस्थ रहेकोले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नै बैठकमा आवश्यक निर्देशन दिने बताए।

चालू आर्थिक वर्षको प्रथम चौमासिकमा ६.१ प्रतिशतभन्दा बढी मन्त्रालयहरुले खर्च गर्न सकेका छैनन्। आर्थिक वर्षको ६ महिना सकिँदा पनि जम्मा १५.४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ।

कुल ४ खर्ब ९ अर्ब खर्च भएकोमा चालू खर्च ३ खर्ब ९ अर्ब, पँुजीगत खर्च ६२ अर्ब र वित्तीय ३७ अर्ब खर्च भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .