कारोबार


सरकारलाई निजी क्षेत्रको आग्रह : पहिले कुरा सुन, अनि थुन

सरकारलाई निजी क्षेत्रको आग्रह : पहिले कुरा सुन, अनि थुन

तस्बिर : सरोज बैजु


नेपालखबर
माघ १८, २०८० बिहिबार २०:२१, काठमाडौँ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार सीजी होल्डिङस्‍का प्रमुख अरुण चौधरीलाई पक्राउ गर्यो। 

२०४९ सालमा बिक्री भएको बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा चौधरी ग्रुपले नियमविपरीत लिएको आरोपमा चौधरीलाई उनकै निवास लाजिम्पाटबाट पक्राउ गरेको हो। 

चौधरीलाई पक्राउ गरेपछि निजी क्षेत्र रुष्ट भएको छ। व्यवसायीहरुले सरकारको यो शैली नै ठिक नभएको बताएका छन्। 

बिनासूचना पक्राउन गरिनु ठिक नभएको भन्दै उद्योगी व्यवसयाीहरुले काठमाडौंमा सामूहिक पत्रकार सम्मेलन गरेका छन्। उद्योग वाणिज्य महासंघले वक्तव्य निकालेर सरकारी कदमप्रति आपत्ति जनाएको छ। 

महासंघले मुलुक आर्थिक समस्यासँग जुधिरहेका बेला उद्यमीमाथि भइरहेको धरपकडलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  

महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटक पटक आग्रह गर्दै आएको छ। 

पहिले पक्राउ गरेर त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट निराश भएका व्यवसायीलाई थप निरुत्साहित बनाएको महासंघले जनाएको छ।  

महासंघले यस विषयमा सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गरेको छ।

केही महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन लागिरहँदा व्यवासयी पक्राउले सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने जनाएको छ। 

यसमा सरकार र सम्बन्धित निकाय गम्भीर हुनुपर्ने महासंघले जनाएको छ। 

यसैबारे बिहीबार काठमाडौंमा नेपाल उद्योग परिसंघले पत्रकार सम्मेलन गरेको छ। परिसंघ अध्यक्ष राजेश अग्रवालले सरकारको यो शैलीले व्यवसायीमा गम्भीर असर पार्ने बताएका छन्। 

‘अरुण चौधरी देशकै प्रतिष्ठित उद्योगी हुन्। उनी देश छाडेर जान लागेका थिएनन्’, उनले भने, ‘निजी क्षेत्रलाई नै त्रसित बनाउने काम सरकारले गरेको छ। निजी क्षेत्रलाई सरकारले मानमर्दन गर्‍यो।’

अग्रवालले देशको पुँजीका लागि निजी क्षेत्रको ७७ प्रतिशत योगदान रहेको बताउँदै यो घटनाले गम्भीर सन्देश गएको बताए। 

‘सरकारले पछिल्लो समय निजी क्षेत्रलाई पनि नीति निर्माणमा सहभागी गराउनु राम्रो थियो’, उनले भने, ‘तर सरकाले निजी क्षेत्रको उपदेयता नरहेको भन्ने म्यासेज दिएको छ। निजी क्षेत्रमा धरपकडको डन्डा हान्ने हो भने विदेशी त के स्वदेशी लगानीकर्ता पनि बिच्किन्छन्।’ 

उनले शंकाकै भरमा पक्राउ गर्नु कनै पनि दृष्टिमा न्यायसंगत नहुने पनि बताएका छन्।

त्यस्तै परिसंघका पूर्वअध्यक्ष विष्णु अग्रवालले पक्राउ कुन ढंगलले भएको हो त्यसमा प्रश्न रहेको बताए। 

‘व्यपारीहरुको कुनै कुरा पनि नसुनी सिधै पक्राउ गर्ने काम निकै नराम्रो देखियो’, उनले भने, ‘व्यसायीको पनि कुरा त सुन्नुपर्छ नि, सिधै थुन्नु हुन्न भन्ने हाम्रो भनाइ हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad