भारत सरकारले नेपाललाई दिने अनुदानमा वृद्धि गरेको छ।
भारतीय वित्त मन्त्री निर्माला सितारमनले बिहीबार सार्वजनिक गरेको अन्तरिम बजेटमार्फत नेपाललाई दिने अनुदान बढाइएको हो।
गत आर्थिक वर्षमा भारतले नेपाललाई ५ अर्ब ५० करोड अनुदान विनियोजन गरेको थियो। अब १ अर्ब बढेर ६ अर्ब ५० भएको छ।
यो वर्ष अर्थात् २०२४/२५ मा ७ अर्ब भारतीय रुपैयाँ नेपाललाई उपलब्ध गराउने घोषणा भारतले गरेको हो।
भारतले आगामी वर्ष भुटानलाई २० अर्ब ६८ करोड भारु दिने भएको छ। जसमा ९ अर्ब ८९ करोड ऋण छ।
गत वर्ष भुटानलाई भारतले लागि २४ अर्ब दिएको थियो। जसमा ऋणमात्रै १६ अर्ब १४ करोड थियो।
भारतले पछिल्लो समय विवाद जारी छिमेकी माल्दिभ्सका लागि समेत अनुदान बढाएको छ।
भारतले वित्त वर्ष २०२४/२५ का लागि माल्दिभ्सलाई ६ अर्ब भारु दिने भएको छ।
भारतले वित्त वर्ष २०२३/२४ मा माल्दिभ्सका लागि ४ अर्ब विनियोजन गरेको थियो।
Shares
प्रतिक्रिया