ad ad

कारोबार


विकास साझेदारहरू भन्छन् : नेपालका योजनालाई सहयोग गर्न सकारात्मक छौँ

विकास साझेदारहरू भन्छन् : नेपालका योजनालाई सहयोग गर्न सकारात्मक छौँ

नेपालखबर
माघ १६, २०८० मंगलबार २०:१, काठमाडौँ

राष्ट्रिय योजना आयोगले १६औँ योजना र अति कम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग छलफल गरेको छ।

आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा मंगलबार भएको छलफलमा संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत विभिन्न देशका राजदूत तथा प्रतिनिधिहरू सहभागी थिए।

आगामी ५ वर्षका लागि तयार गरिरहेको १६औँ योजनाका लागि आयोगले विभिन्न क्षेत्र तथा सरोकारवालाहरुसँग सुझाव लिइरहेको छ। सोही क्रममा बुधबार आयोगले अन्तर्राष्ट्रिय विकास साझेदार समूहसँग छलफल गरेको हो।

नेपालस्थित अन्तर्राष्ट्रिय विकास साझोदार समूहको नेतृत्व हाल संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि हाना सिंगर हाम्डी र नेपालका लागि फिनल्याण्डका राजदूतले संयुक्त रुपमा गरिरहेका छन्। छलफलमा अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिका सन्दर्भमा पनि छलफल भएको थियो।

नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि हाना सिंगर हाम्डीले सफल एलडिसी स्तरोन्नति पछि नेपाल विकासको अर्को अध्यायमा प्रवेश गर्ने बताइन्। १६औँ योजनामा सफल एलडिसी स्तरोन्नतिका सन्दर्भमा पनि सोच्नु पर्ने उनको सुझाव थियो।

अन्य सहभागी विकास साझेदारहरूले आफ्नो कन्ट्री प्रोगामलाई १६औँ योजना र अति कम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नति रणनीतिसँग तादम्यता मिलाउनु पर्ने बताए।

आयोगका उपाध्यक्ष डा. श्रेष्ठले विकास साझेदारहरुबाट धेरै राम्रा सुझावहरु आएको बताए। नेपालको विकासका लागि विकास साझेदार समूहले गर्दै आएको सहयोगको लागि धन्यबाद दिँदै आएका सुझावहरु १६औँ योजना र स्मुथ ट्रान्जिसन स्ट्रेटिजी फर एलडिसीमा समावेश गर्ने प्रतिवद्धता जनाए।

आयोगले यसअघि बुधबार नै १६औँ योजनाको सन्दर्भमा राष्ट्रिय विकास परिषद्का नवनियुक्त सदस्यहरुसँग छलफल गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .