ad ad

कारोबार


ग्लोबल आईएमईले रवि लामिछानेलाई दिएको पत्रले के बताउँछ?

ग्लोबल आईएमईले रवि लामिछानेलाई दिएको पत्रले के बताउँछ?

तस्बिर : सरोज बैजु


नेपालखबर
माघ ८, २०८० सोमबार १८:३३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीपीडितको पैसा चलाएको आरोप लागेपछि उनले सोमबार पत्रकार सम्मेलन गरे।

सम्मेलनमा उनले आफ्नो नाममा कसैले चेक काटेको तर खातामा पैसा जम्मा भएर घण्टी नबजेको बताए। सो क्रममा उनले ग्लोबल आईएमई बैंकले दिएको पत्र देखाउँदै उक्त आरोपको खण्डन गरे। 

योसँगै ग्लोबल आईएमई बैंकमा रहेको उनको खातामा पैसा आएको विषय चर्चामा छ। पैसा खातामा आए/नआएको बारेमा आजै ग्लोबल आइएमई बैंकले समेत स्पष्टीकरण दिएको छ। 

ग्लोबल आइएमईले आज रवि लामिछाने माग गरेको सूचनाअनुसार पत्र प्रदान गरेको देखिएको हो। ग्लोबल आईएमईले पत्र आज नै प्रदान गरे पनि मिति भने गलत लेख्न पुगेको छ। 

तथापि, पत्रमा भने उनको खातामा पैसा ल्याउने प्रक्रिया भएको तर पैसा नआएको देखिएको छ। 

पत्रअनुसार रवि लामिछानेको नाममा चेक क्लियरेन्समार्फत १ करोड ८० लाख रुपैयाँ डिपोजिट गराइएको तर उक्त चेक रहेको खातामा पैसा नभएका कारण जम्मा नभएको देखिएको छ। 

पत्रमा भनिएको छ, ‘बैंकमा सञ्चालनमा रहेको खाता नं. ००३०७०१०००५९१३ मा रहेको १ करोड ८० लाखको चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक ‘ईसीसी’मार्फत चेक क्लियरेन्समा पठाउँदा पर्याप्त पैसा ‘इनसफिसेन्ट ब्यालेन्स’का कारण फिर्ता भएको हुँदा सो खातामा पैसा जम्मा नभएको व्यहोरा जानकारी गर्दछौँ।’ 

पत्रको आशयअनुसार ग्यालेक्सी टेलिभिजनको सेयर फिर्ता गर्दा कम्पनी रजिष्ट्रारको कार्यालयमा उक्त सेयरबापतको पैसा भुक्तानी प्रमाण देखाउनुपर्ने व्यवस्था छ। 

बैंकमा जम्मा गराएको डिपोजिट रसिद देखाउनुपर्ने कारणले बाउन्स चेक जम्मा गराएर हिसाब मिलान गरेको देखिएको छ। सोही बाउन्स चेकबाट रवि लामिछानेको खातामा पैसा जम्मा गर्ने प्रक्रिया भएको तर पैसा जम्मा नभएको देखिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .