सरकारले राष्ट्रिय योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेशको दोस्रो संशोधन गरेको छ।
योसँगै अब सरकारले नियुक्त गर्ने आयोग सदस्यहरुमा कम्तीमा एक महिलासहित बढीमा सात जना सदस्य हुनुपर्ने व्यवस्था गरिएको हो।
सरकारले राष्ट्रिय योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश २०७४ को दफा ३ मा संशोधन गरेको हो।
यसअनुसार उक्त दफाको उपदफा २ को खण्ड गमा रहेको व्यवस्था संशोधन गरेको हो। यसअघि २०७५ मा पनि संशोधन गरिएको थियो।
पहिलो संशोधनमा नेपाल सरकारबाट नियुक्त कम्तीमा एक महिलासहित बढीमा ६ जना सदस्य रहने व्यवस्था गरिएकोमा यही माघ ४ मा फेरि संशोधन गरी बढीमा ७ जना हुने व्यवस्था गरिएको हो।
योजना आयोगमा प्रधानमन्त्री अध्यक्ष रहन्छन् भने उपाध्यक्षसहित सदस्यहरु सरकारले नियुक्त गर्छ।
18
Shares

प्रतिक्रिया