फेब्रुअरी १४ मा ‘स्केटिङ तथा आईस हकी’ मैत्रीपूर्ण खेल हुने भएको छ। नेपाल भ्रमण वर्ष २०२० सचिवालयले तेस्रो गोकियो तालमा ‘स्केट नेपाल’ कार्यक्रम गर्नलागेको हो।
सगरमाथा क्षेत्रको ४ हजार ७ सय ९० मिटर उचाइमा रहेको गोकियो तालमा पहिलोपटक यस्तो कार्यक्रम आयोजना हुनलागेको बताएको छ। सबैभन्दा उचाइमा गरिएको यो नै पहिलो खेल हुने दाबी गरिएको छ।
उक्त मैत्रीपूर्ण खेलमा अमेरिका, क्यानडा, भारत, स्विट्जरल्यान्ड लगायत देशका खेलाडीहरुको सहभागिता रहनेछ।
भ्रमण वर्ष सचिवालयले ‘लाइफ टाइम एक्सपिरियन्स’को लागि नयाँ ‘प्रोडक्ट’ भएको बताएको छ। यसले ‘विन्टर सिजन’मा पर्यटन आकर्षण गर्न सहयोग पुग्ने बताइएको छ।
प्रतिक्रिया