ad ad

कारोबार


अमेरिकी डलरको भाउ थप घट्दा पाउन्ड र युरोको बढ्यो

अमेरिकी डलरको भाउ थप घट्दा पाउन्ड र युरोको बढ्यो

नेपालखबर
पुस २७, २०८० शुक्रबार ६:१२, काठमाडौँ

आज (शुक्रबार) बेलायती पाउन्ड र युरोपियन युरोको भाउ बढेको छ। 

नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज बेलायती पाउन्ड एकको खरिददर १६९ रुपैयाँ १८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ।

बिहीबार १ पाउन्डको खरिदर १६८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३९ पैसा थियो।  

त्यसैगरी आज युरो एकको खरिददर १४५ रुपैयाँ ५५ पैसा र बिक्रीदर १४६ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। बिहीबार १ युरोको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्री दर १४५ रुपैयाँ ७४ पैसा तोकिएको छ। 

त्यसैगरी आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३३  रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैँकले जनाएको छ।

बिहीबार १ अमेरिकी डलरको खरिदर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा थियो भने बुधबार अमेरिकी १ डलरको कारोबार १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा थियो। 

त्यस्तै कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५१ पैसा  तोकिएको छ भने कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ। 

बिहीबार कुबेती दिनार १ को खरिदर ४३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ६३ पैसा थियो।

त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५३ रुपैयाँ २१ पैसा तोकिएको छ।  
हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .