कारोबार


अमेरिकी डलर र बेलायती पाउन्डको भाउ घट्यो

अमेरिकी डलर र बेलायती पाउन्डको भाउ घट्यो

नेपालखबर
पुस २६, २०८० बिहिबार ६:१, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर र बेलायती पाउन्डको भाउ थोरै घटेको छ।

आजको लागि अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा तोकिएको छ। बुधबार अमेरिकी १ डलरको कारोबार १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा थियो। 

आजको लागि बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३९ पैसा तोकिएको छ। 

हिजो बेलायती १ पाउण्डको खरिददर १६८ रुपैयाँ ७४ पैसा र बिक्री दर १६९ रुपैयाँ ५९ पैसा थियो। 

त्यसैगरी आज युरो एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्री दर १४५ रुपैयाँ ७४ पैसा तोकिएको छ। 

त्यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा तोकिएको छ भने कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ६३ पैसा तोकिएको छ।

त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५३ रुपैयाँ २१ पैसा तोकिएको छ।  

हिजो बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ५४ पैसा थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad