ad ad

कारोबार


वीरगन्जमा नमूना संयुक्त राष्ट्रसंघ सम्मेलन

वीरगन्जमा नमूना संयुक्त राष्ट्रसंघ सम्मेलन

नेपालखबर
पुस २४, २०८० मंगलबार १६:२४, काठमाडौँ

वीरगन्जमा नमूना संयुक्त राष्ट्रसंघ सम्मेलनको तेस्रो संस्करण आयोजना भएको छ।

वैचारिक युवा समाज र अमेरिकी दूतावासको सहकार्यमा नमूना संयुक्त राष्ट्रसंघको यो संस्करण यही पुस २०-२२ गते मधेश प्रदेशलाई केन्द्रित गर्दै आयोजना गरिएको हो। 

पछि नेपालमा हुने अन्तराष्ट्रिय स्तरको सम्मेलन (एभरेष्ट अन्तर्राष्ट्रिय नमूना संयुक्त राष्ट्रसंघ सम्मेलन) को लागि पहिलो चरण हुने जनाइएको छ। 

सम्मेलनको उद्घाटन समारोहमा वीरगन्ज महानगरपालिकाको मेयर राजेश मान सिंह (प्रमुख अतिथि) को र अधिवक्ता तथा "टिच फर नेपल” (टीएफएन) अलुम्नाई अमिता शर्मा (अतिथि)को उपस्थिति थियो ।

१८ देखि ३० वर्षको उमेरका ४९ जना युवाहरुको सहभागिता रहेको यस सम्मेलनमा दुई भिन्न तर महत्वपूर्ण अन्तराष्ट्रिय समस्यालाई सम्बोधन गरेर त्यसमा बहस गरिएको आयोजकले जनाएको छ।

सम्मेलनअन्तर्गत पहिलो समिति (सोचम)ले बाल र जबरजस्ती विवाहसम्बन्धी सामाजिक-सांस्कृतिक र विधायी मुद्दाहरूमा बहस गरेको थियो भने दोस्रो समितिले गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने विषयमा समाधानयुक्त बहस गरेका थिए।

समस्या विश्वव्यापी प्रकृतिको रहे पनि, यसले मधेश प्रदेशको सामाजिक स्तम्भहरूमा पनि असर पारेको हुनाले समाजको पुनर्संरचनाको टुकी बालेको हुनाले आयोजक समितिले यो विषयमा बहस राखेको बताएका छन्।

प्रतिनिधिहरू आफ्नो अन्तर्दृष्टिपूर्ण विचार, कूटनीतिक वार्ता र मस्यौदा प्रस्तावहरू मार्फत सक्रिय रूपमा बहसमा संलग्न थिए।

प्रत्येक प्रतिनिधिले कूटनीति र सहयोगको माध्यमबाट आफ्नो उत्कृष्ट प्रदर्शन गरे । समिति बैठकको दोस्रो दिन एक घण्टा लामो विज्ञ सत्र भएको थियो। सोचमका विज्ञः धर्मेन्द्रप्रसाद चौरसिया, आस्मान नेपाल र युनेस्कोका लागि विशेषज्ञ: अमिता शर्माद्वारा समितिलाई नयाँ दृष्टिकोण दिएर बहसलाई अझै फलदायी बनाएको सहभागीहरुको भनाइ छ।

सम्मेलनको अन्त्यमा मधेश विश्वविद्यालयका उपकुलपति दिपक शाक्य (प्रमुख अतिथि) र वुमन स्किल्स ल्याबकी संस्थापक चन्चला दास (अतिथि) को उपस्थिति थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .