ad ad

कारोबार


यथार्थ कुरा राख्न निजी क्षेत्रलाई अर्थमन्त्री डा. महतको आग्रह

यथार्थ कुरा राख्न निजी क्षेत्रलाई अर्थमन्त्री डा. महतको आग्रह

नेपालखबर
पुस २१, २०८० शनिबार १६:५७, चितवन

अर्थमन्त्री डा. प्रकाशशरण महतले यथेष्ट सूचना र तथ्यांकका आधारमा मात्र अभिव्यक्ति सार्वजनिक गर्न उद्योगी-व्यवसायीलाई आग्रह गरेका छन्।

उद्योग वाणिज्य संघ, चितवनको ५७ औं वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले भने, ‘यथार्थ कुरा ग्रासरुटमा पुग्छ। होइन भने तपाईंहरूले प्राप्त गर्न खोजिरहेको कुराविपरीत परिणाम आउँछ।’

तथ्यांकलाई एकातिर राखेर नकारात्मक कुरा गरियो भने व्यवसायी, लगानीकर्ता र उपभोक्ताको आत्मविश्वास कमजोर हुने उनको भनाइ थियो।

उपभोक्ताले माग बढाएन भने उद्योगबाट उत्पादित वस्तुको माग घट्ने र माग घटेमा व्यवसाय नबढ्ने भएकाले यथार्थ धरातलमा उभिएर आफ्ना कुरा सम्प्रेषण गर्न पनि मन्त्री महतको आग्रह थियो।

‘अर्थतन्त्र समस्यामा थियो, अझै तहमा पुर्‍याउन धेरै गर्न बाँकी छ,’ उनले भने, ‘राज्य र निजी क्षेत्र दुवै तहबाट काम गर्न बाँकी छ । देशको अर्थतन्त्रले पुरानो स्थितिबाट प्रस्थान गरिसकेको छ । अहिले औसतमा मूल्यवृद्धि घटिरहेको छ ।’

विप्रेषणमा भर परेर अर्थतन्त्र अगाडि बढाउने कुरा गर्न नहुने तर कुनै व्यक्तिलाई विदेश नजान भनेर रोक्न पनि नसकिने उनको टिप्पणी थियो। 

निर्माण व्यवसायीको अधिकांश दायित्व सरकारले पूरा गरिसकेको दाबी पनि उनले गरे। केही बाँकी रहे पनि रकमान्तर गरेर तिर्न सम्बन्धित मन्त्रालयलाई भनिसकेको उनको प्रस्टोक्ति थियो।

गरिसकेको कामको दायित्व माघभित्र जहाँबाट ल्याएर भए पनि पूरा गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .