ad ad

कारोबार


विद्युत व्यापारका लागि आजको दिन कोशेढुंगा हुनेछ : प्रधानमन्त्री

अब नेपालको बिजुली बंगलादेश पनि पुग्ने विश्वास
विद्युत व्यापारका लागि आजको दिन कोशेढुंगा हुनेछ : प्रधानमन्त्री

तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
पुस १९, २०८० बिहिबार १८:२१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आजबाट भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता भएको बताएका छन्। यो दिन विद्युत् व्यापारका दृष्टिले कोशेढुंगा हुने विश्वास उनले व्यक्त गरे। 

रामेछापको सुनापति गाउँपालिकामा निर्माण भएको प्रशासकीय भवनको बिहीबार दिउँसो उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। 

प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको सहमतिले नेपालको ऊर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को मार्ने विश्वास गरे। 

‘मेरो भारत भ्रमणका क्रममा नै नेपालले दश वर्षमा दश हजार विद्युत भारतलाई बिक्री गर्ने सम्झौता भएको थियो। भारतका विदेशमन्त्रीको नेपाल भ्रमणले अब नेपालले विद्युत निर्यात गर्ने ठोस सम्झौता भएको छ’, उनले भने, ‘यो आफैँमा ऐतिहासिक उपलब्धि हो। भारतमा मात्रै होइन, बंगलादेशसँग पनि विद्युत निर्यातको ढोका खुलेको छ। अब भारतको ग्रिड प्रयोग गरी बंगलादेशमा बिजुली जानेछ।’

संसद्‍को प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंगोमा पुर्‍याउन सत्ता गठबन्धनले राष्ट्रिय सहमति चाहेको प्रधानमन्त्रीले बताए।

‘यो सत्ता गठबन्धन सानो दुखले बनाएको होइन, त्यसैले गठबन्धन सुदृढ गर्न हामी सबै दृढ छौं। तर, कतिपय विषयमा राष्ट्रिय सहमति जरूरी हुन्छ, त्यसले मुलुक र लोकतन्त्रको हित नै गर्छ’, उनले भने, ‘अहिले हामीले सदनको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्यायसम्बन्धी काम टुंगाउन राष्ट्रिय सहमति चाहेका छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .