ad ad

कारोबार


नेप्सेको २७ अंक छलाङ, ४ अर्बको कारोबारमा कसले कमाए धेरै?

नेप्सेको २७ अंक छलाङ, ४ अर्बको कारोबारमा कसले कमाए धेरै?

नेपालखबर
पुस १८, २०८० बुधबार १५:२२, काठमाडौँ

सेयरबजारमा आज २७.९० अंकको वृद्धि देखिएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले बढेसँगै ४ अर्बको सेयर खरिदबिक्री भएको हो। 

योसँगै आज २०९ कम्पनीको सेयर बढेको छ, ३० वटाको घटेको छ र ६ वटाको उही मूल्यमा कारोबार भएको छ। 

सेयरबजारमा बुधबार १ करोड कित्ता सेयर बिक्री भएको हो। 

आज सबै उपसूचक हरियो छन् भने जलविद्युत् कम्पनी, बीमा कम्पनी र होटलहरुमा लगानीकर्ता आकर्षित देखिएका छन्। 

कसले कमाए, कसले गुमाए? 
आजको कारोबारमा छवटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाउँदा पाँचवटाका लगानीकर्ताले पनि सोही हाराहारीमा प्रतिसेयर आम्दानी गरेका छन्। 

दिव्येश्वरी हाइड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, पिपल्स हाइड्रोपावर, भगवती हाइड्रोलगायतका सेयरधनीले धेरै कमाएका छन्। 

तर यता लक्ष्मी लघुवित्त, प्रभु स्मार्ट फन्डलगायतका सेयरधनीले भने गुमाएका छन्। आज सोनापुर मिनरल्सको सर्वाधिक २६ करोडको सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .