सरकारले नेपाली सेनाले निर्माण गरिरहेको फास्ट ट्रयाकमा पर्ने ४ हजार बढी रुख काट्न स्वीकृति दिने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तराईलाई राजधानीसँग छोटो दूरीमा जोड्ने द्रुतमार्गमा परेका ४ हजार ३ सय ४५ वटा रुख काट्न दिने निर्णय गरेको हो।
यसबाहेक सोही आयोजनाअन्तर्गत मकवानपुर र बारा जिल्लामा पर्ने राष्ट्रिय वनको कुल जम्मा ४०.१९ हेक्टर जग्गा प्रयोग गर्न दिने पनि निर्णय गरेको छ।
केही दिनअघि संसदीय समितिमा आयोजना निर्माण गरिरहेको नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले एउटा रुख काट्न नौ महिना लगाइदिएको, पुराना कानुन संशोधन नहुँदा भौतिक प्रगतिमा अवरोधक बनेकोजस्ता कारण खुलाई आवश्यक व्यवस्था गर्न माग गरेका थिए।
75
Shares
प्रतिक्रिया