ad ad

कारोबार


उद्योगीको माग पूरा गर्दा देश अन्धकारमय थियो : कुलमान

‘१० मेगावाटकाे उद्योगले निरन्तर बिजुली प्रयाेग गर्दा ५ जिल्ला अन्धकार हुन्छ’
उद्योगीको माग पूरा गर्दा देश अन्धकारमय थियो : कुलमान

नेपालखबर
पुस १२, २०८० बिहिबार १५:४, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पहिले उद्योगीकै आग्रहमा लोडसेडिङ भएको दाबी गरेका छन्।

प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले उद्योगीको माग पूरा गरिदिँदा त्यतिखेर देशै अन्धकारमय भएको बताएका हुन्।

‘उद्योगीकाे आग्रहमा नै लोडसेडिङ भयाे, त्याे किन भयाे भन्ने कुरा थियाे’, उनले भने,  ‘उनीहरुले निरन्तर माग गरे। उनीहरुकाे माग पूरा गर्दा देश अन्धकारमा थियाे।’

उनले आफू प्राधिकरणमा आएसँगै बिजुलीको असमान वितरण अन्त्य गरेको दाबी समेत गरेका छन्।

‘म कार्यकारी निर्देशक भएर आएपछि बिजुलीकाे असमान वितरणकाे कारण लाेडसेडिङ भएकाे भन्ने महसुस गरेँ’, उनले थपे, ‘त्याे पनि प्रष्ट छ। १० मेगावाटकाे कुनै उद्योगले निरन्तर बिजुली प्रयाेग गर्दा ५ जिल्ला अन्धकार हुन्छ । र, त्याे भएकै थियाे।’

त्यसलाई समान गर्दा र अतिरिक्त शुल्क लगाउँदा समस्या र विवाद आएको उनको दाबी छ।

विभिन्न रिपोर्टहरुले समेत अतिरिक्त शुल्क लिएर मात्रै उद्योगीलाई सफाइ दिनसक्ने देखाएकाले आफू त्यसअनुसार पनि अघि बढेकाे उनले बताए।

पत्रकार सम्मेलनमा उनले अहिले आएर लाइन काटेकोबारे पनि स्पष्टीकरण दिए।

महालेखाकाे प्रतिवेदनमा धेरै पटक प्रश्न उठेको,अदालतमा समेत मुद्दा चलिरहेकाे र केही अदालतबाट स्टे अर्डर समेत नआएकाे र केही मुद्दा समेत खारेज भएकाेले लाइन काट्न बाध्य भएको उनको भनाइ छ।


 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .