ad ad

कारोबार


बजेट कार्यान्वयन सुरु भएकै महिनादेखि रकमान्तर, ५ महिनामै पौने ५ अर्ब खर्च

बजेट कार्यान्वयन सुरु भएकै महिनादेखि रकमान्तर, ५ महिनामै पौने ५ अर्ब खर्च

नेपालखबर
पुस ६, २०८० शुक्रबार १२:३८, काठमाडौँ

चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको महिनादेखि नै रकमान्तर गरेर खर्च गरिएको तथ्याङ्क सार्वजनिक भएको छ। 

साउन महिनादेखि नै एक शीर्षकमा छुट्याइएको बजेट अर्को शीर्षकमा खर्च गरिएको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाएको छ। 

कुनै एक निकायलाई फरक–फरक शीर्षकमा बजेट विनियोजन भए पनि एक शीर्षकको बजेट अर्को शीर्षकमा लाँदा अर्थ मन्त्रालयको सहमति आवश्यक पर्छ। 

मन्त्रालयको अनुमति लिएर हालसम्म ४ अर्ब ७५ करोड रुपैयाँ खर्च भएको देखिएको हो। अर्थ मन्त्रालयका अनुसार साउन महिनामा ५१ करोड रुपैयाँ, भदौ महिनामा ७५ करोड ५९ लाख रुपैयाँ, असोज महिनामा ३ अर्ब २ करोड रुपैयाँ, कात्तिक महिनामा ४३ करोड ९९ लाख रुपैयाँ र मंसिर महिनामा ३ करोड रुपैयाँ रकमान्तरबाट खर्च भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .