नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल विकासको मेरुदण्डको रुपमा रहेको पर्यटन उद्योग र यस क्षेत्रसँग सम्बन्धित व्यवसायीलाई पर्यटन विकासका लागि आफ्नो तह र तप्काबाट विशेष भूमिका खेल्न आग्रह गरेका छन्।
आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई ट्राभल्सले आफ्नो वार्षिकोत्सवको अवसरमा नेपालका विभिन्न मनोरम हिमश्रृंखलाहरुलगायत सांस्कृतिक सम्पदाहरुको जगेर्ना गरी विश्व पर्यटन बजारमा आफूलाई स्थापित गर्न व्यवसायी, पर्यटन बोर्ड र नेपाल सरकारले संयुक्त रुपमा सेवाग्राहीमुखी योजना ल्याउनुपर्ने बताएका छन्।
आईएमई ट्राभल्सले वार्षिक उत्सवको अवसरमा सेवाग्राहीमुखी योजनाअन्तर्गत टुर प्याकेज खरिद गरी यात्रा गर्ने १ जनालाई गोलाप्रथाबाट छनोट गरी चन्द्रगिरि रिसोर्टमा एक रात खाने—बस्नेसहितको सुविधा निःशुल्क उपलब्ध गराउनुका साथै हवाइ टिकट खरिद गर्नेमध्ये १ जनालाई सोहीअनुरुप छनोट गरी माउन्टेन फ्लाइटको टिकट निःशुल्क उपल्ब्ध गराइने बताएको छ। उक्त योजना यही फेब्रुअरी, मार्च र अप्रिलभर लागू हुनेछ।
आन्तरिक पर्यटनको प्रवद्र्घन र विकासका लागि विभिन्न खालका कार्यक्रमहरू सञ्चालन गर्दै सामाजिक उत्तरदायित्वको भावनाका साथ अगाडि बढ्ने आईएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले बताए।

प्रतिक्रिया