कारोबार


डाबर नेपालद्वारा जलन पीडितको उपचारका लागि २५ लाख सहयोग

डाबर नेपालद्वारा जलन पीडितको उपचारका लागि २५ लाख सहयोग

नेपालखबर
पुस ४, २०८० बुधबार १९:३६, काठमाडौँ

डाबर नेपालले जलन पीडितको उपचारका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ।

‘बर्न इन्जुरीजको रोकथाम र उपचारको लागि राष्ट्रिय कार्यक्रम(एनपीपीटीबी)’ लाई समर्थन गर्ने संस्था ‘इजी हेल्थकेयर फाउन्डेसन (ईएचसीएफ) सँग साझेदारी बनाएको डाबर नेपालले जनाएको छ।

आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत आगोको चोटहरूको रोकथाम र उपचारमा योगदान पुर्याउने पहल अन्तर्गत एचसीएफलाई २५ लाख रुपैयाँ प्रदान गरेको हो।

डाबर नेपालका एमडी तथा अध्यक्ष इश्वरी राणा र नेपाल र म्यानमार बिजनेस हेड हरकिरत बेदीले अनुदान हस्तान्तरण गरेका थिए।

अनिल पुरी (हेड–एच.आर), रोहित रौनियार (निर्देशक, इएचसीअएफ) र उज्ज्वल विक्रम थापा (संरक्षक, ईएचसीएफ) को उपस्थितिमा संस्थाका संस्थापक अध्यक्ष अखिल शाक्यलाई चेक हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad