ad ad

कारोबार


एक समूहलाई पोस्ने गरी सरकारले नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिनु हुँदैन : गगन थापा

एक समूहलाई पोस्ने गरी सरकारले नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिनु हुँदैन : गगन थापा

फाइल फोटो


नेपालखबर
मंसिर २९, २०८० शुक्रबार १४:१७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कसैको निहित स्वार्थको लागि नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिनु नहुने बताएका छन्।

वर्तमान पुँजीबजारको अवस्थाबारेमा अध्ययन गरेर मात्रै नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिने सरकारको निष्कर्ष रहेको समेत बताए। उनले संसदीय समितिको निर्देशनको आडमा दबाबमा परेर केही समूहलाई पोस्नको लागि मात्रै धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन नहुने बताए।

महामन्त्री थापाले सरकारले केही समूहलाई पोस्ने गरी नयाँ स्टक एक्सेन्जको लाइसेन्सको अनुमति दिने तयारी गरेको दाबी गरे।

उनले कुनै एक समूहको स्वार्थ र फाइदाको लागि दबाब सिर्जना गरेर नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिने तयारी सरकारले तत्काल बन्द गर्न आवश्यक रहेको बताए। उनले कुनै अध्ययन आधार बिना कुनै एउटा समूहको फाइदालाई नयाँ स्टक एक्सेन्ज दिँदा कुशासनको अर्को प्रकरण सुरु हुने जिकिर गरे।

महामन्त्री थापाले मुलुक एकपछि अर्को कुशासनबाट थला परेको भन्दै नयाँ स्टक एक्सेन्जको लाइसेन्स अध्ययन नगरी जबरजस्ती दिने काम भयो भने अर्को दुर्भाग्य हुने चेतावनी दिए। उनले सरकारबाट भाषण सुशासनको र निर्णय कुसशासनको गर्ने काम हुनु नहुने बताए।

उनले नयाँ स्टक एक्सेन्जको विषयमा समयमा नै प्रधानमन्त्रीलाई सचेत गराएको भन्दै सचेत गराउँदा गराउँदै अनुमति दिए कुशासनको अर्को धब्बा लाग्ने दाबी गरे। उनले नयाँ स्टक एक्सेन्जको लाइसेन्स अर्थ मन्त्रालय र धितोपत्र बोर्डले नभएर मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने बताए।

उनले भने, ‘अहिले रातारात गरेर एक खालको दबाब सिर्जना गरिँदै छ। त्यो दबाबको आधारमा नयाँ लाइसेन्स त्यो पनि केही समूहलाई पोस्ने र फाइदा हुने गरी दिने तयारी भएको सुनेका छौं। यो कुरा प्रधानमन्त्री मन्त्रीलाई भेटमा भनेका छौं। सार्वजनिक रुपमा पनि भन्न चाहन्छु। कुशासनबाट देश थला परेको छ। हप्तामा एउटा कुनै न कुनै प्रकरण आउँछ र सिङगो देश तातिन्छ। फेरि कुनै एक दुई जना मानिस पोस्नको लागि नयाँ स्टक एक्सेन्जको लाइसेन्स अध्ययन नगरी नदिने भनेर आफैँ भन्यो। तर अहिले जबरजस्ती गरेर दिने र संसदीय समितिको निर्देशन आड राखेर दिने काय यदी हुन्छ भने अर्को दुर्भाग्यपूर्ण हुन्छ।’

उनले थपे, ‘सरकारले भाषण सुशासनको गर्ने अनि निर्णय एक प्रकारको कुसशासनको गर्ने कुराको निरन्तरता हुन्छ। समयमा नै प्रधानमन्त्रीलाई सचेत गराएका छौं। सरकारले गरेको निर्णय अध्ययन गरोस् र आवश्यक भए अध्ययन गरोस्। यसको आधारमा निष्पक्ष हुनुपर्छ। होइन भने नचाहिने कुरामा अर्को कुशासनको धब्बा लाग्ने कुरामा हात नहालोस्।’

उनले कांग्रेसले सरकारले गरेका गलत कामलाई रोक्नुपर्ने बताए। उनले अहिले नागरिकहरु कुशासनबाट आजित भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .