नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी एलपी ग्यासको मूल्यमा २५ रुपैया थप गरेको हो।
निगमले डिजल, मट्टितेल र पेट्रोलमा भने १/१ रुपैया मूल्य घटाएको छ। नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोलको मूल्य रु ११० तथा डिजल र मट्टितेलको रु ९९ प्रति लिटर कायम गरेको छ।
एलपी ग्यासको खुद्रा विक्री मूल्य प्रति सिलिण्डर रु १,३७५ कायम भएको छ। हवाई ईन्धनको मूल्य भने हाल यथावत नै राखिएको निगमले जनाएको छ।
निगमका अनुसार मूल्य समायोजन पछि नेपाल तर्फको विरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य रु। १६।४० प्रति लिटरले सस्तो र डिजेलको खुद्रा विक्री मूल्य रु। १६।२७ प्रति लिटरले नेपालतर्फ अझै सस्तो कायम हुन गएको छ।

प्रतिक्रिया