चीनको प्रिमियम इलेक्ट्रिक भेहिकल ब्रान्ड चांगन डीपल २०२३ सालको थाइल्याण्ड अन्तर्राष्ट्रिय मोटर एक्सपोमा अत्यन्त चर्चित बनेको छ।
ब्रान्डको फ्ल्यागशिप मोडेल एस ०७ ईभी एसयुभीले उक्त शो अवधिभर एकल मोडेलको लागि सबैभन्दा धेरै बुकिङहरू प्राप्त गर्दै थाई इलेक्ट्रिक वाहन बजारमा एक अग्रणी खेलाडीको रूपमा आफ्नो स्थानलाई बलियो बनाएको हो।
थाइल्याण्डमा चांगन डीपलको आधिकारिक प्रवेश यसको विश्वव्यापी विस्तार रणनीतिमा एउटा महत्त्वपूर्ण कदम भएको कम्पनीको दाबी छ।
ब्रान्डले २०२३ को नोभेम्बर ३० देखि डिसेम्बर ११ सम्म आयोजित प्रतिष्ठित ४०औँ थाइल्यान्ड इन्टरनेसनल मोटर एक्स्पोमा आफ्ना नवीन र प्राविधिक रूपमा उन्नत गाडीहरू प्रदर्शन गरेको थियो जहाँ उसलाई थाई उपभोक्ताहरूबाट व्यापक ध्यान र चासो प्राप्त भएको थियो।
एस ०७ ईभी एसयूभीलाई प्राप्त अत्याधिक प्रतिक्रिया र ३२०० भन्दा बढी बुकिङ नै चांगन डीपलको उच्च गुणस्तरीय पर्यावरण–मैत्री सवारी साधनहरू प्रदान गर्दै आधुनिक चालकहरूका विकसित आवश्यकता पूरा गर्ने प्रतिबद्धताको बलियो प्रमाण हो।
चांगन डीपलको नजर अब नेपालतर्फ
थाइल्याण्डमा प्राप्त सफलतापछि चांगन डीपलले अब नेपाललाई आफ्नो अर्को लक्षित बजारको रूपमा हेरिरहेको छ। नेपालमा चांगनका लागि अधिकारिक वितरक एमएडब्लू वृद्धिले सन् २०२४ को पहिलो त्रैमासिकमा एस ०७ ईभी एसयुभी औपचारिक रूपमा लन्च गर्ने भएको छ।

नेपाली उपभोक्ताहरूले चांगन डीपलको शक्तिशाली पर्फर्मेन्स, उन्नत प्रविधि र पुरस्कृत डिजाइनको साथ यसले प्रदान गर्ने भिन्नताको अनुभव गर्न यसको प्रतीक्षा गर्न सक्नेछन्।
चांगन डीपल एस ०७ः आउँदैछ इलेक्ट्रिक एसयूभीको सुन्दर भविष्य
चांगन डीपल एस ०७ एसयुभीले सुविधाहरूको प्रभावशाली दायराहरुलाई समेट्छ, जसमा छन्ः
- शक्तिशाली इलेक्ट्रिक मोटरः यसले उत्साहजनक पर्फर्मेन्स दिन्छ र सहज ड्राइभिङ गतिशीलता प्रदान गर्दछ।
- लामो दूरीसम्म टिक्ने ब्याट्रीः यसले न्यूनतम चार्जिङ आवश्यकताहरूसँग सुविधाजनक र प्रभावकारी यात्रा प्रदान गर्दछ।
- स्लीक र आधुनिक डिजाइनस् स्टाइलिश र एरोडायनामिक बाहिरी लुक्स।
- उन्नत प्रविधिः यसमा समावेश छ एक परिष्कृत इन्फोटेनमेन्ट प्रणाली, चालक(सहायता सुविधाहरू, व्यापक सुरक्षा प्रणाली र नेपालमा यसअघि कहिल्यै नदेखिएका अन्य पाँच सुविधाहरू।
एस ०७ ईभी एसयुभीले नेपाली चालकहरूको मन मुटु जित्नेमा चांगन डीपल विश्वस्त छ। गुणस्तर, नवप्रवर्तन र दिगोपनप्रति आफ्नो प्रतिबद्धताका साथ यो ब्रान्ड नेपालको द्रुत गतिमा बढ्दो विद्युतीय सवारीको बजारमा प्रमुख खेलाडी बन्न तम्तयार रहेको कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया