ad ad

कारोबार


धितोपत्र बोर्डले भन्यो– निश्चित सेयर किनबेच गर्न उक्साउने सूचना सम्प्रेषण नगर्नु

धितोपत्र बोर्डले भन्यो– निश्चित सेयर किनबेच गर्न उक्साउने सूचना सम्प्रेषण नगर्नु

नेपालखबर
मंसिर २५, २०८० सोमबार १५:५२, काठमाडौँ

नेपाल धितोपत्र बोर्डले कुनै निश्चित सेयर किनबेच गर्न नउक्साउन एक सूचना जारी गरी आग्रह गरेको छ। 

बोर्डले सेयरबजारलाई स्वतन्त्र सञ्चालन हुन दिन अनुरोध गरेको हो। 

सूचनामा भनिएको छ, ‘...सञ्चार माध्यम तथा सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टीकाटिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित सेयरहरु खरिद तथा बिक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपमा सञ्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन तथा त्यस्ता कार्य रोक्न सूचित गरिन्छ।’

विभिनन सञ्चारमाध्यम तथा फेसबुक, युट्युब, क्लबहाउसजस्ता सामाजिक सञ्जालमार्फत परिसूचक तथा सूचीकृत संगठित संस्थाको सेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित सेयरहरु खरिद वा बिक्री गर्न तथा नगर्न उत्साहित गराउने उद्देश्यले अनधिकृत तवरले अन्तर्वार्ता र अभिव्यक्ति दिई बजारलाई प्रभावित पार्न खोजिएको गुनासो आएपछि बोर्डले ध्यानाकर्षण जनाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .