ad ad

कारोबार


पर्यटन विभागले दियो ५२ हिमाल आरोहणका लागि १३२९ जनालाई अनुमति

पर्यटन विभागले दियो ५२ हिमाल आरोहणका लागि १३२९ जनालाई अनुमति

फाइल तस्बिर


नेपालखबर
मंसिर २३, २०८० शनिबार ७:४३, काठमाडौँ

यस मौसम (हेमन्त ऋतु)मा हिमाल आरोहणका लागि एक हजार ३२९ जनाले अनुमति पाएका छन्। 

स्वदेशी तथा विदेशी गरी एक हजार ६९ जना पुरुष र २६० जना महिला गरी एक हजार ३२९ जनाले विभिन्न हिमाल आरोहणको अनुमति लिएका हुन्। 

विभागका निर्देशक राकेश गुरुङका अनुसार १७२ समूहका एक हजार ३२९ जनालाई आरोहण अनुमति प्रदान गरिएको छ।

सबैभन्दा बढी अमादब्लम हिमाल आरोहणका लागि ४५ समूहका ४९२ जनाले अनुमति लिएका छन्। अहिलेसम्म ७६ देशका आरोहीले ५२ हिमाल आरोहणका लागि अनुमति लिएका गुरुङले जानकारी दिए। 

त्यसैगरी मनासलु आरोहणका लागि ३०१, हिमलुङ आरोहणका लागि १२५ जनाले अनुमति लिएका छन्। 

हिमाल आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकाका १३०, फ्रान्सका १२९, जर्मनीका ९६, चीनका ७९, रसियाका ६७, जापानका ५१ र स्विट्जरल्याण्डका ५० जना छन्। हेमन्त ऋतुको आरोहण अनुमतिबाट विभागले सात करोड ६६ लाख ९३ हजार १२ रुपैयाँ राजस्व संकलन गरेको छ।

यस क्रममा ६ मुलुकका २२ जनाले नेपालका हिमालबाट ‘स्की’का लागि अनुमति लिएका छन्। स्कीका लागि सबैभन्दा धेरै अनुमति लिनेमा फ्रान्सका नागरिक छन्। उनीहरू हिमाल आरोहणपछि स्की गर्दै आधार शिविर ओर्लिने विभागले जनाएको छ।

नेपालमा हिमाल आरोहणको लागि वसन्त, शरद र हेमन्त ऋतु उपयुक्त मानिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .