ad ad

कारोबार


नेपाल लाइफद्वारा ६९.६२ अर्बको दाबी भुक्तानी

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दाबी भुक्तानी

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १५:११, काठमाडौँ

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्त सम्ममा ६९.६२ अर्व दाबी भुक्तानी गरेको छ।

यस अवधिमा मृत्यु दाबी भुक्तानी बापत ५.६८ अर्व, परिपक्व दाबी भूक्तानी बापत १९.७८ अर्ब र अग्रिम दाबी भुक्तानी बापत २३.४४ अर्व दाबी भुक्तानी गर्दै नेपालको बीमा क्षेत्रमा सर्वाधिक दावी भुक्तानी गर्ने कम्पनीको रुपमा नेपाल लाइफ स्थापित भएको छ।

नेपालको बीमा क्षेत्रमा सर्वाधिक मृत्यु दाबी भुक्तानी गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्त सम्ममा १३,५१२ जनाका हकवालाहरुलाई मृत्यु दाबी भुक्तानी गरिसकेको छ। कम्पनीले कन्भेस्नल प्लान अन्तर्गत ११,१७७ जना लाई ३ अर्ब ७१ करोड र वैदेशिक रोजगारीतर्फ २,३३५ जनालाई १ अर्ब ९७ करोड भुक्तानी गरिसकेको छ।  

कम्पनीले आफ्नो दाबी प्रक्रियालाई एकदम सहज बनाएको र दाबीका निम्ति कागजात प्राप्त हुने बित्तिकै कम्पनी भुक्तान गर्न तत्पर रहेको जनाएको छ। यस आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीलाई प्राप्त भएको मृत्यु दाबी भुक्तानी निवेदन मध्ये ९३ प्रतिशत दाबी फर्छ्यौट भई सकेको कम्पनीले जनाएको छ।

सम्पूर्ण कागजात प्राप्त भएमा दुर्घटना खण्डमा मृत्यु दाबी भुक्तानी ३ कार्य दिन भित्र र सामान्य मृत्यु दाबी भुक्तानी ७ कार्य दिन भित्र नै भुक्तानी गर्ने कम्पनीले प्रबन्ध मिलाएको छ। यस अवधिमा ४६ प्रतिशत मृत्यु दाबी भुक्तानी तीन दिन भित्र गरेको छ।

यसै गरी ६७ प्रतिशत निवेदन एक हप्ता भित्र र ८१ प्रतिशत मृत्यु दाबी भुक्तानी एक महिनाभित्र कम्पनीले गरेको छ। कम्पनी १०० प्रतिशत दाबी यथाशिघ्र भूक्तानी गर्न तत्पर रहेको तर आवश्यक कागजातहरु समयमा उपलब्ध नहुँदा केहि दाबी भुक्तानी गर्न ढिलाई भएको जनाएको छ।

दाबी भुक्तानी लिनका लागि चाहिने कागजातको बारेमा जानकारी गराउने अभिप्रायले कम्पनीले आफ्नो वेबसाइटमा समेत सूचना सम्प्रेषण गरेको छ। दाबी भुक्तानी लिन चाहिने कागजातको बारेमा कुनै जिज्ञासा भए यस कम्पनीको दाबी विभाग, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयमा सम्पर्क गर्न समेत कम्पनीले आह्वान गरेको छ।

सम्पूर्ण कागजात प्राप्त भएको खण्डमा न्युनतम अवधिमा नै भुक्तानी गर्ने आन्तरिक प्रणालीको विकास गरिसकेको कम्पनीले जनाएको छ।  

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गर्नको लागि आफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढ तथा प्रविधिमैत्रि बनाएको छ। यसै क्रममा यस कम्पनीले आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्दै न्युनतम समयमा मृत्यु दाबी भुक्तानी गर्ने प्रबन्ध मिलाईएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए।

आर्थिक वर्ष २०७९।८० मा ९९.१३ प्रतिशत मृत्यु दाबी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु दाबी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बन्न सफल भएको छ। आर्थिक वर्ष २०७८।७९ मा कम्पनीले ९९.०७ प्रतिशत मृत्यु दावी भुक्तानी गरेको थियो।

प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्त रुपमा मृत्यु दाबी भुक्तानी गर्न कम्पनी कटिबद्ध रहेको र सम्पूर्ण कागजात प्राप्त भए लगत्तै भुक्तानी गर्ने प्रबन्ध गरेको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिने प्रमुख कार्यकारी अधिकृत पराजुलीले प्रतिबद्धता जनाए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .